- ADVERTISEMENT -

नेविसंघले मनायाे किसुनजीकाे नवौँ स्मृति दिवस

March 3, 2020
632
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २० फागुन २०७६ । नेपाली कांग्रेस संस्थापक नेता एवम् पूर्वप्रधामनमन्त्री कृष्णप्रसाद भट्टराईको नवौँ स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

आफ्ना संस्थापक नेताको स्मृतिमा कांग्रेसले भने कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन । तर नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रिय कार्यसमितिले पुतली सड़क केन्द्रीय कार्यालयमा स्मरण गर्दै सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

- ADVERTISEMENT -

Advertisement

नेता भट्टराई नेपाली राजनीतिका निष्ठा, सदाचार र आदर्शका प्रतिमूर्ति, प्रजातान्त्रिक आन्दोलनका महानायक, ०४७ को संविधानको निर्माता, राष्ट्रवादीकाे रूपमा सम्झने गरिन्छ ।

कार्यक्रममा नेविसंघ महामन्त्रीहरू बलदेव तिमल्सिना, युवराज पाण्डे, उर्मिला थपलिया, दीपक भट्टराईकाे उपस्थिति रहेकाे थियाे ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरि नेविसंघ नेताहरु बिपिन अधिकारी, रत्नहरी ढुंगेल, हरी आचार्य, रमेश बस्ताकोटी लगायतकाे पनि सहभागिता थियाे ।

सन्त र आदर्श नेता भट्टराईबाट अहिलेका र नयाँ पुस्ताका नेताहरूले सिक्नुपर्ने महामन्त्रीहरू तिमल्सिनाले बताए । आजीवन प्रजातन्त्रका लागि संघर्ष गरेको भट्टराईलाई पार्टीले बिर्सदै गएकाेमा चिन्ता व्यक्त गर्दै किसुनजीको सादगी जीवन शैली तथा निःस्वार्थी राजनीति अनुसरण गर्नुपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -