- ADVERTISEMENT -

सिटाैलाले फेरी सभापतिमा उम्मेद्वारी दिने, झापा पुगेर गरे घाेषणा

March 3, 2020
574
Shares
- ADVERTISEMENT -

झापा, २० फागुन २०७६ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृह नगर झापाबाटै पुनः पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रेस युनियन झापाले सोमबार भद्रपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

अघिल्लाे पटककाे १३ औँ महाधिवेशनमा उनी पार्टीकाे सभापतिमा शेरबहादुर देउवासँग अधिक मतान्तरका साथ हारेका थिए ।

नेता सिटौलाले भने, ‘पार्टीको आमूल परिवर्तनका लागि आफ्नो उम्मेदवारी आवश्यक छ ।’ ‘मुलुकको शान्ति प्रक्रिया देखि संविधान निर्माणसम्म पार्टीको तर्फबाट आफ्नो भूमिका उल्लेखनीय रहेको छ, त्यसैले आगामी महाधिवेशनमा उम्मेदवारी दिने सोच बनाएको छु ।’

- ADVERTISEMENT -

Advertisement

वर्तमान परिस्थितिमा पार्टी सभापति शेरबहादुर देउवा जी र रामचन्द्र पौडेल जी बिचको भागबन्डा र गुटबन्दी आवश्यक नभएको तर्क राख्दै पार्टीको एकताका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने नेता सिटाैलाले बताए । उनले सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने समयमा पार्टीभित्रको गुटबन्दी र आन्तरिक झै झगडाले अलमली रहेको भन्दै पार्टीका भातृ संस्था तरुण दल  र नेविसंघको अधिवेशन पार्टीको महाधिवेशन अगावै गर्न नसकिए पनि प्रेस युनियनको अधिवेशन जुनसुकै परिस्थितिमा गर्नुपर्ने बताए ।

उनले भने, ‘बहुमतको कम्युनिस्ट सरकारले नेपालको संविधानको अपव्याख्या गरेर जनतामा भ्रम छर्न खोजेको छ । सरकारले दुई वर्षीय कार्यकालमा कुनै पनि राम्रा काम गर्न सकेन ।’

नेता सिटाैलाले संविधान संसोशन गर्दै राष्ट्रिय सभामा जाने भन्ने कुरा बदनियत मात्र भएको बताए । सत्ताको लुछातानीमा वर्तमान सरकार लिप्न भएर लागि परेको उनको भनाई थियाे ।

युनियन झापाका सभापति इन्दु पूर्वेलीको अध्यक्षता तथा युनियन सचिव डिल्लीराम घोर्साइको सञ्चालन गरेको कार्यक्रममा युनियन केन्द्रीय सदस्य कृष्ण हुमागाईँले स्वागत मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -