- ADVERTISEMENT -

गोरखाबाट लुटेर भागेका समूहलाई कावासोतीबाट पक्राउ

March 3, 2020
886
Shares
- ADVERTISEMENT -

गोरखा, २० फागुन २०७६ । जिल्लाको विभिन्न स्थानमा लुटेर भागेको समूहलाई कावासोतीमा पक्राउ गरीएको छ ।

४ जनाको समूहमा रहेका उत्त समूहलाई गोरखा प्रहरीको सक्रियतामा नवलपुरको कावासोती नगरपालिका ३ को संगमचोकबाट पक्राउ गर्न सफल भएको हो ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय गोरखाले पत्रकार सम्मेलन गर्दै माघ २५ गते देखी फागुन ८ गते सम्म गोरखा नगरपालिका ५ को नाङलेपानी, गोरखा बजारको हरमटारी चोक र शहिद लखन गाउँपालिका ९ को नामजुङमा समूहगत रुपमा डाँका चोरी गरेका ४ जनालाई सार्वजनीक गरेको हो ।

पक्राउ पर्नेहरुमा गोरखा जिल्ला घर भई हाल चितवनको रत्नगर नगरपालिका ४ बस्दै आएका प्रकाश गुरुङ, उदयपुर जिल्ला रानीबास गाउँपालिका २ सालबारी बस्ने अमृत राना, बारा जिल्ला निजगढ गाउँपालिका ७ बस्ने कृण्ण वि।क। र सुनसरी जिल्ला ईटहरी नगरपालिका ४ बस्ने प्रदिप चौधरी रहेका छन ।

- ADVERTISEMENT -

Advertisement

घट्नामा अरु ब्यक्ती पनि संलग्न भएको आशंकामा प्रहरीले गहन अध्ययन गरी रहेको प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । पत्रकार सम्मेलनमा अधिकारीले दिएको जानकारी अनुसार माघ २५ गते बेलुकी ७ बजेको समयमा नाङलेपानी निवासी भुवानी आचार्यको कानमा लगाउने सुनको रिङ, माहिली तिलहरी, कान्छी तिलहरी, मोबाईल र नगद ४० हजार रुपैयाँ लुटेका थिए ।

त्यस्तै गरी माघ २६ गते दिनको १२ बजे गोरखा सदरमुकामको हरमटारी चोकमा गोरखा नगरपालिका ८ बस्ने सन्तुमाया रम्तेलको साथमा रहेको १ तोलाको सुनको रिङ, आधा तोलाको ढुग्री र साथमा रहेको १ हजार २०० रुपैयाँ लुटका थिए भने फागुन ८ गते शहिद लखन गाउँपालिका ९ को नामजुङमा बस्ने जमुना बरामको कानमा लगाउने सुनको रिङ २ थान, तिलहरी २ थान र सुनको टिकी १ थान लुटका थिए ।

पक्राउ परेका सबैलाई आईतबार जिल्ला अदालतमा डाँका चोरी मुद्वा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

लुटरा समूहले सबै स्थानमा लुटनु पूर्व जुसमा नशालु पदार्थ हालेर पिउन दिने र मानिस लठिए पछि साथमा रहेको सबै सामान लुटने गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -