- ADVERTISEMENT -

१८ वटा रुपान्तरणकारी आयोजना (सूचीसहित)

March 3, 2020
690
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २० फागुन २०७६ । राष्ट्रिय योजना आयोगले समृद्धि र सुखको आधार निर्माण गर्ने रणनीतिक र बृहत प्रभाव पार्ने खालका आयोजनाहरुलाई रुपान्तरणकारी आयोजनाका रुपमा अगाडि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको सोमबारको बैठकले गेम चेन्जरका रुपमा लिइएको १८ वटा रुपमान्तरणकारी आयोजनालाई पन्ध्रौं योजनामा समावेश गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । रुपान्तरणकारी आयोजनामा रहेका १८ वटा कार्यक्रमको कुल लागत २५ खर्ब रुपैयाँ रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

यस्ता आयोजनामा लगानी प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन र गरिबी तथा असमानता न्युनीकरण गर्ने परियोजनाहरु समावेश गरिएको छ ।

रुपान्तरणकारी आयोजना

- ADVERTISEMENT -

Advertisement

१ प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना

२ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

३ समृद्धिका लागि वन कार्यक्रम

४ जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम

५ औद्योगिक पूर्वाधार विकास आयोजना

६ स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना

७ सार्वजनिक विद्यालय सबलीकरण आयोजना

८ प्राविधिक तथा व्यवसायिक शिक्ष एवम् तालिम आयोजना

९ राष्ट्रपति महिला सशक्तीकरण परियोजना

१० माथिल्लो अरुण जलविद्युत आयोजना

११ राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना

१२ पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना

१३ गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजना

१४ प्रादेशिक तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम

१५ नयाँ शहर विकास आयोजना

१६ शहरी करिडोर आयोजना

१७ डिजिटल नेपाल

१८ राष्ट्रिय परिचय पत्र तथा घटना दर्ता कार्यक्रम

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -