- ADVERTISEMENT -

नेकपाका अध्यक्ष प्रचण्डलाई जुत्ता हान्ने रतन तिरूवा पक्राउ

March 1, 2020
637
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १८ फागुन २०७६ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरूवा पक्राउ परेका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेशनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै तिरूवाले जुत्ता प्रहार गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

तर प्रचण्डलाई जुत्ता लागेन। भाषण सकेर पोडियमबाट फर्कंदै गरेका प्रचण्डलाई तिरूवाले दर्शकदीर्घाबाट जुत्ता हानेका थिए ।

‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् | रतन तिरूवा

- ADVERTISEMENT -

Advertisement

उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले उनीमाथि अनुसन्धान सुरू गरेको छ । तस्बिर : मनोज भण्डारी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -