काठमाडौँ , १८ फागुन २०७६ । कर्मथलो जापान बनाएका भुवन गित मार्फत जन्मगाँउको माया “देउराली” भिडियो सार्बजनिक गरिएको छ ।
बाग्लुङ गलकोट नगरपालिका वडा न ९ अर्थात साबिकको मल्म गाबिस वडा न २ रिस्मीको माथी देउराली र टापु नाम गरेको सामुदायिक बन जङ्गल छ । रिस्मी गाँउका मानिसहरुले घाँस दाउरा गर्ने जङ्गल त्यही थियो ।
गाँउमा जन्मिएका १ दशक अगाडीसम्म त्यहाँ बसोबास गर्ने लगभग सबैजसो मानिस कुनै न कुनै कामको लागि देउराली र टापु मा पुगेका छन्,तर आज त्यही गाँउका मानिसहरु लगभग सबैजसो बिदेश हानिएका छन ।
करिब ५०० को हाराहारीमा एउटै टोलका युवायुवतीहरु जापानमा मात्रै छन् र अन्य मुलुक अमेरिका बेलायत,युरोप लगायत ठाँउमा पनि त्यहाँबाट पुगेका छन्त । र आज गाँउ लगभग रित्तै जस्तो बनेको छ । बिकास र सुबिधा थपिदै गएका छन तर बस्ने मानिस अझै पनि घट्दो क्रममा छन् । जागिरको शिलशिलामा त्यही रिस्मी गाँउबाट जापान पुगेका भुवनले यतिबेला बिदामा नेपाल आएर त्यहीँ गाँउ र टोलका शब्दहरु जस्ताको तस्तै टिपेर लय मार्फत देउराली र टापु नामको गित पस्किएका छन् ।
जुन गितको छायाङ्कन पनि सोही गाउँमै पुगेर सबै बास्तबिकता हरु देखाएर गरिएको छ । देउराली र टापु गित ब्यबसायिक भन्दा पनि आफु जन्मेको गाँउप्रतिको मायाको रुपमा पस्किएको सापकोटाले बताउनु भएको छ ।
जनता डिजिटल प्रा लि को प्रस्तुतिमा भुवन सापकोटा मिना अधिकारीको सुमधुर आवाज रहेको छ । श्रीजन बरालको निर्देशनमा, छायांकन दिपक गिरी, सम्पादन अमृत चापागाई, दृश्य निर्माण जनता डिजिटल प्रा लि को रहेको छ ।
उक्त भिडियोमा भुवन सापकोटा र पुजन धिमिरेको अभिनय रहेको छ ।
भिडियो








































