- ADVERTISEMENT -

काँग्रेसका जिल्ला तहका नेताहरु नेतृत्व परिवर्तनको पर्खाइमा

February 29, 2020
862
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १७ फागुन २०७६ । नेपाली काँग्रेसको १४ औ महाधिबेशनको मिति तोकिएसँगै क्रियाशील सदस्यता वितरणदेखि महाधिवेशन प्रतिवेदन टुङ्ग्याउने काम चलिरहेको छ ।

महाधिवेशन प्रक्रिया सुरु हुँदै गर्दा काँग्रेसका जिल्ला तहका नेताहरु नेतृत्व परिवर्तनको पर्खाइमा छन् । १४ महाधिवेशनले पार्टीको सिङ्गो कार्यसमिति बदल्ने भएपछि शीर्ष नेताहरूको समूहगत भेटघाट, सरसल्लाह नेतृत्वमा पुग्नेमा केन्द्रित छ भने जिल्लास्तरका नेताहरू कसको नेतृत्वमा पार्टीले गति लिने भन्नेमा चिया चौतारोदेखि, आन्तरिक बैठकमा कुरा गर्न थालेका छन् ।

- ADVERTISEMENT -

Advertisement

झापाका जिल्ला कमिटि सदस्य पुष्पराज पौडेल सक्षम व्यक्ति महाधिबेशन प्रतिनिधि नभई सक्षम नेतृत्व चयन नहुने बताउनुहुन्छ । पार्टीको नेतृत्व गर्ने चाहनासहित काँग्रेसका शीर्ष नेताहरु देश दौडाहमा छन् । पार्टी भित्रको गुट अनुृसारका नेताले नेतृत्वको दावी गरिरहँदा गुल्मी जिल्ला सचिव बिष्णु सापकोटा भने दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने बताउनुहुन्छ ।

अहिलेका सभापति शेरबहादुर देउवाले फेरि दोहोरिने आकाङक्षा राखेपछि १३ औ महाधिबेशनमा पराजित रामचन्द्र पौडेल र त्यही महाधिबेशनबाटै नयाँ गुट बनाएका कृष्णप्रसाद सिटौलाको देउवालाई जसरी पनि छेक्ने रणनीति छ ।

- ADVERTISEMENT -

Advertisement

महामन्त्री शशांक कोइराला, युवा नेता गगन थापा, नेता शेखर कोइरालाको चाहना सभापतिमा भए पनि गुटको भाग मिलाउन त्यति सजिलो देखिँदैन । जिल्ला तहका नेताकार्यकर्ता अबको काँग्रेसको नेतृत्वमा दोस्रो पुस्ताका नेताले गरुन् भन्ने चाहन्छन् ।

हुम्लाका जिल्ला सचिब मोहन बिक्रम सिंह भने देशलाइ नै दिशा निर्देश गर्नसक्ने नेतृत्वको पर्खाइमा हुनुहुन्छ । लोकतान्त्रि पार्टी भनिए पनि काँग्रेस गुट उपगुटको राजनीतक अभ्यासमा छ । यसबीचमा पनि आगामी महाधिवेशनबाट गुटको अन्त्य हुनुपर्ने रौतहट जिल्ला सभापति कृष्ण यादव बताउनुहुन्छ ।

काँग्रेसले आउँदो वर्षको फागून ७ देखि १४ गतेसम्ममा सक्नेगरी महाधिबेशनको मिति तोकेको छ । गाउँ नगर तहबाटै नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्न सके शीर्ष नेतृत्वमा नयाँ अनुहार देख्न पाइन काँग्रेसका नेता कार्यकर्ताहरूको बुझाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -