काठमाडौं, १७ फागुन २०७६ । नेपाली संगीत क्षेत्रका चर्चित एवं लोकप्रिय गायक, सर्जक तथा निर्देशक रेशम सापकोटाको लय, शब्दमा लोकदोहोरी गीत “ब्युटिफुल” को भिडियो सार्बजनिक गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर सार्वजनिक गरिएको उक्त ब्युटिफुल गीतमा गायक सापकोटा र श्याम रानामगरको सुमधुर आवाज रहेको छ । साथै, राजन पौडेल, गोविन्द वली, धर्तिमा थापा र चन्द्रकला कुँवरको सामूहिक आवाजले यो गीतमा थप रौनकता थपिएको छ ।
गायक सापकोटाको निर्देशन, दिनेश मुस्कानको छायांकन र रोशन धितालको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोमा गायकद्वय रेशम सापकोटा र श्याम रानामगरले अभिनय रहेको छ ।
तरेली संगीत कुञ्जको प्रस्तुतिमा तयार पारिएको यो गीतको म्युजिक भिडियोलाई तरेली संगीत कुञ्जकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
सिमपानी न्युजको तर्फबाट सफलताको शुभकामना
भिडियो हेर्नुहोस्:








































