काठमाण्डौँ, १६ फागुन २०७६ । प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले पुर्व प्रधानमन्त्रिहरुको मात्र नभएर सबै मन्त्रिहरु तथा शासकीय जिम्मेवारीमा बसेकाहरुको पनि सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत यस्तो माग गरेका हुन् । बुधबार प्रतिनिधि सभा बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष समय लिएर प्रधानमन्त्रि केपी शर्मा ओली लगायत पुर्व प्रधानमन्त्रिहरुको सम्पति छानविनको माग गरेको प्रसंगलाई सहमति जनाउदै थापाले यस्तो माग गरेका हुन् ।
थापाले देशको प्रधानमन्त्रि लगायत मन्त्रि तथा शासकीय जिम्मेवारीमा बसेकाहरुले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरेर नागरिकलाई थाहा दिनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् :
‘बाबुराम भट्टराई ज्यूको भनाइसँग पूर्ण सहमत।
प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानबिन गराैँ।यस्तो जिम्मेवारी लिएका/लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने पनि खोजी गरौं र नागरिकलाई थाहा दिऔँ।”
प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका थिए । ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ? अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत पुग्दैन’ उनले भने, ‘म अलिकति गणितीमा चाँसो राख्ने मान्छे पनि हुँ।
अर्थमन्त्री पनि भइटोपलेको मान्छे। मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ। त्यसका लागि म सबैसँग आग्रह गर्न चाहन्छु ।’








































