ललितपुर, २०७६ साल फागुन १४ गते बुधबार । ललितपुरमा कृतिम घटना अभ्यास सम्पन्न गरिएको छ ।

फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल र ललितपुर महानगरपालिको समन्यव सहकार्यमा ललितपुर महानगरपालिका वडा नं १६ र १९ मा संचालन हुदै गरेको “बहु प्रकोपिय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोखिम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृदि” कार्यक्रम अन्तर्गत उक्त अभ्यास सम्पन्न भएको हो ।
ललितपुर महानगरपालिका वडा नं १९ मा कृतिम घटना अभ्यास अन्तर्गत बिभिन्न समय र स्थानमा आगलागी हुदा अपनाउनु पर्ने सुरक्षा बिधिका बिभिन्न उपायका साथै अहिले बढ्दो क्रममा हुने सडक दुर्घटनाका बारेमा ललितपुर महानगरपालिका वडा नं १९ का विपद् व्यबस्थापन समितिको आयोजनमा युवा क्लब, नेपाल रेडक्रस सोसाइटी, सशत्र प्रहरी बल, महिला समुह, वडामा रहित बिद्यालय संगको समन्वयमा कृतिम घटना अभ्यास सम्पन्न भएको छ ।

विपद् व्यबस्थापन समितिका सदस्य, जनप्रतिनिधिहरु, वडाका महिला समूह, युवा क्लब, जेष्ठ नगरीक, विधार्थीहरु स्थानीय बासिन्दा लगायत अन्य महानुभावहरुको बाक्लो उपस्थितिमा कृतिम घटना अभ्यासमा विशेषगरी खाना पकाउने ग्यास, तेल तथा तरल पदार्थ, घरमा हुने आगलागी हुदा कसरी साबधानी हुनुपर्ने र आगोलाई नियन्त्रणमा गर्नु पर्ने साथै अहिले बढ्दो क्रममा हुने सडक दुर्घटनाको बिषयलाई जोड दिइएको थियो ।

घरमा आगलागी हुदा नआति घाइतेहरुलाई उदार गरी उपयुक्त स्थानमा लागि घाइतेको पहिचान गरी साधारण चोटपटक लागे प्राथमिक उपचार गर्ने र गम्भीर चोट लागे छिटो भन्दा छिटो अस्पतालमा लागि उपचार गर्नु पर्ने सशत्र प्रहरी बलका नरेश कुँवरले जानकारी दिनुभयो ।









































