- ADVERTISEMENT -

‘प्रधानमन्त्री ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौँ ‘- भट्टराई

February 26, 2020
725
Shares
- ADVERTISEMENT -

काठमाडौं, १५ फागुन २०७६ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् । ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ? अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत पुग्दैन’ उनले भने, ‘म अलिकति गणितीमा चाँसो राख्ने मान्छे पनि हुँ। अर्थमन्त्री पनि भइटोपलेको मान्छे।

- ADVERTISEMENT -

Advertisement

मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ। त्यसका लागि म सबैसँग आग्रह गर्न चाहन्छु ।’

भट्टराईले आफूले नीतिगत र विधिसम्मत् ढंगले मातातीर्थको जग्गा मोहीलाई वितरण गरेको दाबी गरेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरण र मातातीर्थको जग्गा प्रकरण एउटै नभएको भट्टराईको तर्क थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ३ गते संसदमा सम्बोधन गर्नेक्रममा माथातीर्थ जग्गा प्रकरणबारे छानबिन गर्ने बताएका थिए ।प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै डा. भट्टराईले राजनीतिक प्रतिशोध साँध्नका लागि लोकमान प्रवृत्ति देखाएर तर्साउन खोजे प्रत्यूत्पादक हुने चेतावनी दिए ।

- ADVERTISEMENT -

Advertisement

भट्टराईले लोकमानले झै तर्साएर झुकाउने प्रधानमन्त्रीले सोच्नुभएको भए २०५१ सालको प्रशंग सम्झिन आग्रह गरे। उनले भने ‘दुई तिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने अवस्था छैन । प्रधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्दैन् ।’

भट्टराईले अहिले चारैतिर यतिको चर्चा चुलिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतिको पोल्टामा कसरी गएका छन भन्दै प्रश्न पनि गरे। ‘अब यति होल्डिङप्रति नै विशेष अनुराग भएर उसलाई अझै नपुगेको हो अझै दिनुपर्ने हो?’ देश भ्रष्टाचारले थिलथिलो परेको भन्दै भट्टराईले एक अर्कालाई दोषारोपण गर्नुभन्दा दोषीलाई दण्डित गर्ने प्रवृति अंगाल्नुपर्ने बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -