Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:०७ बिहान
- ADVERTISEMENT -

नेविसंघका नेता राजेश हमाल पक्राउपछि तनाव

प्रकाशित मिति: २०७६ फागुन १३, मंगलबार

670
Shares

पोखरा, १३ फागुन २०७६ । नेपाल विद्यार्थी संघका नेता राजेश हमाल (रेशम) पक्राउको विरुद्धमा पृथ्वीनारायण क्याम्पस तनावग्रस्त बनेको छ । नेविसंघले सोमबार विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनमा मंगलबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ भने अहिले विद्यार्थी र प्रहरीबीच ढु्ंगा हानाहान भइरहेको छ ।

शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि स्थिती तनावग्रस्त बनेको नेविसंघले आरोप लगाएको छ । लाठीचार्जबाट नेविसंघ विज्ञान संकायका उपसभापति सुजन लामिछाने घाइते भएका छन् । उनलाई उपचारको लागि गण्डकी अस्पताल लगिएको छ ।

यता, कास्की प्रहरी प्रवक्ता राजकुमार केसी भने यसबारेमा अनभिज्ञ रहेको प्रतिक्रिया दिए । ‘उनीहरुले बाटो बन्द गरेका रहेछन्, प्रहरीले खुलाउन खोजेको मात्र हो ।’ उनले भने । माघ ८ गते क्याम्पस परिसरभित्रै दुई विद्यार्थी संगठनबिचको झडपलाई लिएर स्ववियु उम्मेदवार समेत रहेका नेविसंघ नेता राजेश हमालसहित ८ जनाविरुद्ध किटानी जाहेरी परेको छ । उक्त घटनामा अनेरास्ववियुका दुई विद्यार्थी घाइते भएका थिए भने उपचारपश्चात उनीहरु डिस्चार्ज समेत भइसकेका छन् ।

सोही घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सोमबार हमाललाई पक्रेको थियो । उनीविरुद्ध तीन दिन म्याद थप समेत भएको छ ।

नेता पक्राउको विरुद्धमा नेविसंघ क्याम्पस एकाइ समितिले सोमबार पनि महेन्द्रपुल र क्याम्पस गेट अगाडि टायर बालेर प्रदर्शन गरेको थियो । ‘क्याम्पस प्रशासनले सांगठनिक झडपलाई राजनीतिक पहुँचका आधारमा फसाउन खोजेको हो,  क्याम्पस प्रशासनको मिलेमतोमा क्याम्पस परिसरबाटै नेविसंघका नेता पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको बिनाशर्त रिहाइको माग गर्दै हामीले चरणबद्ध आन्दोलनको घोषणा गर्दछौँ ।’ इकाई सभापति दिपक शर्मा वाग्लेले भने ।

मंगलबार क्याम्पस गेटमा चक्काजाम र विरोध प्रदर्शन, कास्कीमा चल्ने सरकारी गाडीमा रोक र १५ गतेदेखि कास्कीका शैक्षिक संस्थाहरु अनिश्चितकालीन रुपमा बन्द गर्ने घोषणा नेविसंघले गरेको छ ।

नेपाल विद्यार्थी संघठनका विद्यार्थी नेता रेशम हमाल लगायत क्याम्पस फोर्सका अध्यक्ष सतिश बास्तोला, गौरव बराल, विपिन नेपाली, स्वरुप बन्जाडे, युवराज पौडेल, सौरभ चापागाई, विकास अधिकारी र अकल क्षेत्री विरुद्ध किटानी जाहेरी परेको छ ।

अनेरास्ववियु, क्याम्पस प्रमुख र प्रहरी प्रशासनको मिलेमतोमा आफ्ना नेताकार्यकर्तालाई पक्राउ गरिएको नेविसंघको आरोप लगाएको छ । यता, नेविसंघ केन्द्रिय समिति र नेपाली कांग्रेस केन्द्रीय समितिले पनि विद्यार्थी नेता पक्राउबारे घोर भत्र्सना गर्दै तत्काल रिहाई गर्न माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -