काठमाण्डौँ, १२ फागुन २०७६ । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता भिम रावलले आइतबार प्रधानमन्त्रि केपी शर्मा ओलीले आफनो ६९ औँ जन्मदिनमा नेपालको नक्सा अंकित केक काटेकोमा असन्तुष्टि ब्यक्त गरेका छन् ।
रावलले सामाजिक सञ्जाल ट्विटर मार्फत देशलाई हामी आमा मान्ने कराण काटेर खान नमिल्ने तर्क ब्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिदै केक काट्ने नेपाली मौलिक सँस्कृति नभएको स्मरण समेत गराएका छन् ।
रावलले एमसिसि प्रति लक्षित गर्दे समृद्धिका लागि संसारका सामु हात पसारिरहेको बेला ठूलो रकम खर्चेर जन्मदिन मनाएकोमा तिब्र असन्तुष्टि समेत ब्यक्त गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन् , “प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृध्दि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।”








































