कास्की, १२ फागुन २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थीले कालो झण्डा देखाएका हुन् ।
पक्राउ पर्नेमा समाजवदीका विद्यार्थी युनियनका विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् ।
यस्तै नेविसंघ निकटका भीरध्वज जङ्ग पौडेल र असिम पौडेल पनि पक्राउ परेका छन् ।
निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सुनेर पनि बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।








































