Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:३१ बिहान
- ADVERTISEMENT -

एमसीसीको टुङ्गो अर्को बैठकबाट लाग्ने

प्रकाशित मिति: २०७६ फागुन ११, आइतबार

640
Shares

काठमाडौँ, ११ फागुन २०७६ । मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकमा एमसीसीबारे अध्ययन गर्न गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो ।

माघ १५ देखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटीको बैठकले पार्टीका वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलले प्रतिवेदन तयार गरी पार्टीलाई बुझाएको हो । सोही प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बसेको थियो ।

बैठकमा कार्यदलका संयोजक खनालले एमसीसीको विषयमा अध्ययन गरेको प्रतिवेदनबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । बैठकमा एमसीसीबारे गम्भीर छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको सचिवालय सदस्य वामदेव गौतमले बताउनुभयो । कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख विषयवस्तुमाथि हरेक कोणबाट छलफल भयो तर कुनै निष्कर्ष निस्केको छैन, अर्को बैठकबाट यसबारे ठोस निष्कर्ष निकालिने बताउनुभयो ।

नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले सचिवालय सदस्य खनाल नेतृत्वको कार्यदलले पेस गरेको प्रतिवेदनमाथि हरेक कोणबाट छलफल भयो, आगामी बैठकबाट त्यसको टुङ्गो लगाउने सहमति भएको बताउनुभयो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि लागेको आरोप विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकायले अध्ययन गरिरहेको हुनाले यसबारे पार्टीले बोल्नुनपर्ने पनि सहमति भएको उहाँले बताउनुभयो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -