Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:०९ बिहान
- ADVERTISEMENT -

आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए

प्रकाशित मिति: २०७६ फागुन १०, शनिबार

868
Shares

बाँके, १० फागुन २०७६ । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज २०७२ साल फागुन १४ गत दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सबै यात्रु सकुशल रहे, तर क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले ज्यान गुमाए । नेपालगञ्जबाट जुम्लाका लागि उडेको सो जहाजको इञ्जिन एक्कासि फेल भएपछि फोर्स ल्यान्डिङ गर्ने क्रममा भएको सो दुर्घटनाबाट यात्रुलाई पुनःजन्म दिँदै चालकद्वयले चिलखाँयामै आफ्नो जीवन बिसाउनु परेको थियो ।

‘प्याक–७५० एक्सएल’ सिंगल इञ्जिन जहाज उडेको ३० मिनेटपछि दैलेखको हाउडेलेक आसपास पुग्दा प्राविधिक समस्या आएर इञ्जिनले पूर्णरुपमा काम गर्न छोड्यो । क्याप्टेन न्यौपानेले इञ्जिनलाई पुनः सञ्चालन गर्ने प्रयास सम्भव भएन । जहाज ग्लाइड (बेलुनजस्तै उडाएर) गरेर नजिकै फोर्स ल्यान्डिङका लागि उपयुक्त ठाउँ खोजियो । 

कालीकोटको चियाखाँयामा  फोर्स ल्यान्डिङ गराउँदा भिरालो जमीन र काल्नासहितको गराका कारण विमान भित्तामा ठोक्किएर दुर्घटनामा पर्यो । इञ्जिनमा समस्या भएपछि ‘इमर्जेन्सी पोर्सिडियर’अन्तर्गत विमानलाई करिब पाँच मिनेट ग्लाइड गरेर आठ नटिकल माइल दूरी पार गराउन सफल भए पनि पाइलटद्वयले आफ्नो मृत्युलाई भने जित्न सकेनन् ।

विमानको अगाडिको भाग ठोक्किएपछि क्याप्टेन न्यौपाने र को–पाइलट  राना ककपिटमै किच्चिए। क्याप्टेन न्यौपानको तत्कालै  र  को–पाइलट रानाको उद्धारमा ढिलाइ हुँदा करिब डेढ घण्टापछि निधन भएको थियो । चालक द्वयलेआफू मरेर पनि जहाजमा सवार एक नाबालकसहित नौको ज्यान जोगाउन सफल भएका थिए।

जहाजको इञ्जिनभित्र रहेका छ वटा बेरिङमध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इञ्जिन फेल भएको तत्कालीन छानबिन आयोगको प्रतिवेदनले देखाएको छ । ‘आफू मरेर अरुलाई बचाउने  न्यौपाने’ले पाइलट कोर्स र सिनियर क्याप्टेनको तालीम अमेरिकामा लिएका थिए । यात्रुलाई जीवन दान दिएका न्यौपाने र रानाले वीर पदक पाए ।

चालकद्वयकै सम्मानमा नेपालगञ्ज–२० मा रहेको राँझा चोकलाई पाइलटचोकका रुपमा नामकरण गरियो । उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोक पश्चिमतर्फ शालिक निर्माण गर्ने तयारी गर्यो । राँझा चोक पाइलट चोकमा रुपान्तरण भएपछि शिलान्यास पनि भयो । महिना नबित्दै शिलान्यास गरिएको ठाउँबाट एकाएक बोर्ड हटाइयो ।

उपमहानगरपालिकाले बाटिका, प्रतीक्षालयसहित क्याप्टेनद्वयको शालिक राख्नका लागि १० धुर जग्गा उपलब्ध गराएको छ । चालक दिनेशका बुबा मानदत्त न्यौपानेले भने, “दुःखमा रहेका  हामीलाई त्यतिबेला झुठो आश्वासन दिइयो । अहिले राँझा चोकमा दुई पाइलटको शालिक राखेर नामकरण गर्ने विषयमा राजनीति गर्न खोजिएको, हामीसँग पैसा असुल्न खोजियो ।”

नेपालगञ्ज–१२ मुक्तिपुर निवासी क्याप्टेन दिनेश र पाल्पा निवासी को–पाइलट रानाको शालिक राख्ने विषय केही समस्या देखिएको दिनेशका बुबा मानदत्तले बताए । उनले भने, “हामीलाई शालिक मात्र राख्न दिए हुन्छ, नाम राँझा चोक नै भए पनि हामीलाई गुनासो छैन ।” शालिक निर्माणमा भएको ढिलाइप्रति घरपरिवार, शुभेच्छुक र आफन्तले गुनासो गरेका छन् ।

आफ्नो पेशाप्रति इमान्दारिता देखाइ बहादुरीपूर्वक जहाजमा रहेका सबै यात्रुलाई सुरक्षित राखेर आफूले वीरगति प्राप्त गर्ने चालक र सहचालकको योगदानलाई राजनीतिसँग जोडेर विवाद निम्त्याउन खोजेको बुबा मानदत्तको आरोप छ । उनले भने, “किरिया खर्च भनेर त्यतिबेला एयरलाइन्सबाट रु एक लाख पाएका थियौँ, त्यसपछि कुनै क्षतिपूर्ति पाएका छैनौँ ।”

चालकद्वयका शालिक अहिले पनि त्यसै थन्किएका छन् । “करिब रु सात लाख खर्चेर निर्माण गरिएका शालिक थन्किएका छन्”, मानदत्तले भने, “बाटिकाको नाम जे भए पनि शालिक राख्न पाए हामीलाई सन्तोष हुने थियो । जसले अरुको ज्यान बचाएर आफ्नो जीवनलाई विश्राम दिए उनैको अपमान गरिएको छ ।”

बाटिका बनाउने भनिएको शालिक निर्माणस्थललाई हाल सद्भाव बाटिका लेखिएको छ । २०७३ जेठ १५ गते नेपाल सरकारले चालकद्वयलाई शहीद घोषणा गरी मरणोपरान्त वीर पदकले सम्मान गरेको थियो भने २०७२ साल चैत ४ गते पाइलट चोक नामकरण भयो । जहाज उडाउन थालेको आठ वर्षमै न्यौपानेले दुर्घटनामा ज्यान गुमाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -