गोरखा, १० फागुन २०७६ । गोरखाको पालुङटारमा बिश्वनाथ मन्दिरको उद्घाटन सम्पन्न गरिएको छ ।

पालुङटार नगरपालिकाद्वारा नगर परिसर भित्र निर्माण गरिएको बिश्वनाथ मन्दिरको शिवरात्रीको अवसर पारेर उद्घाटन गरिएको हो ।

उक्त मन्दिरको पालुङटार नगरपालिकाका नगर प्रमुख ई दीपक बाबू कडेले उद्धघाटन गर्नु भएको थियो ।

पालुङटार नगरपालिकाको करिब २२ लाखको लगानीमा तथा स्थानीय उपभोक्ता समितिको करिब २ लाख बराबरको श्रमदानबाट उक्त मन्दिर निर्माण गरिएको इन्जिनियर अनुप देवकोटाले जानकारी दिनुभयो ।









































