- ADVERTISEMENT -

अमेरिकन आइडलमा नेपाली युवा

February 18, 2020
769
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ फागुन २०७६ । अमेरिकाको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् ।

नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको २० औं उत्कृष्टमा छानिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् ।

उनको गायकिलाई आइडलका निर्णायकहरु केटी पेरी, लियोनल रिची र लुक ब्रायनले दिवेशको गायनको उच्च तारिफ समेत गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

अडिसनकै क्रममा ब्रायनले भने,‘मलाई लाग्छ कि अमेरिकन आइडललमा हामीसँग अहिलेसम्म भएकामध्ये यो ठूलो तारा हुनसक्छ !’

दिवेशका लागि यो नै सबैभन्दा ठूलो ‘कम्प्लिमेन्ट’ थियो । त्यसपछि लियोनल रिची दिवेश उभिएकै ठाउँमा आएर अंकमाल गरे ।

केटी पेरीले भनिन्, ‘तिमी रकस्टार हौं ।’ अमेरिकन आइडलको अडिसनको उक्त भिडियो लाखौंले हेरिसकेका छन् । जुन चौथो ‘टे«न्डिङ’मा छ ।

अमेरिकामा मात्र होइन, विभिन्न देशका प्रतिभावान बीच भिडन्त हुने सोमा दिवेशले अडिसन राउन्टबाटै ‘हलिउड पर्फमेन्स’ को अनुमति पाएका छन् ।

काठमाडौंमा जन्मिएका दिवेश अमेरिकन आइडलमा प्रवेश पाउने संभवतः पहिलो नेपाली हुन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -