Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
२:०३:५२ दिउँसो
- ADVERTISEMENT -

स्याङ्गजा सहयोग समाज कतारले बृहत सांस्कृतिक कार्यक्रम गर्ने, भिम पौडेल र उमा खनाल कतार आउने

प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार

893
Shares

दोहा कतार, ६ फागुन २०७६ । कतारमा स्थापित संस्था स्याङ्गजा सहयोग समाज कतारले बृहत रुपमा १५ औ बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

याङ्गजा सहयोग समाजद्वारा संञ्चालित अक्षयकोष बृदि एवं गरिव तथा जेहेन्दार विधार्थीलाई छात्रवृति प्रदान गर्ने उदेश्यका साथ हुन लागेको बृहत सांस्कृतिक कार्यक्रममा नेपालबाट अतिथि कलाकारहरु नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल स्याङ्गजाली कलाकारहरु भिम पौडेल र उमा खनाल कार्यक्रममा आउने भएका हुन् ।

स्याङ्गजाको पुतलीबजार नगरपालिका ९ कोल्मामा सामान्य परिवारमा जन्मिएका भिम पौडेल लोकदोहोरी क्षेत्रको रुपमा छोटो समयमै चर्चा कमाउन सफल गायक मध्यमा पर्दछन ।

सानैदेखि गीत संगीतमा रुचि राख्ने गायक पौडेल २०६७ बाट निरन्तर रुपमा नेपाली लोकदोहोरिमा सक्रिय रहेका छन ।

नेपालका बिभिन्न मेला महोत्सवमा राखिने दोहोरी प्रतियोगिता ८ ठाँउमा प्रथम र ५ ठाँउमा दोस्रो भएर सबैको मन जित्न सफल रहेका छन ।

बि स २०७२ सालमा “जमाना यस्तै छ आको ” एल्बम बाट सांगीतिक यात्रा सुरु गरेका पौडेलले अहिले सम्म चरी मार्ने गुलेली, मरेर जाने यो जिन्दगी, अलिक नजिक सर मायालु, परदेसी कथा, हेर्दा हेर्दै भर कट्यो सैइले लगायतका एल्बम बजारमा निकाली सकेका छन ।

सांगीतिक कार्यक्रमको शिलशिलामा करिब ३ महिना युकेमा बसेका गायक पौडेलले लगभग २८ भन्दा बढी सास्कृतिक कार्यक्रम गर्दै पुरै युकेबासी नेपालिहरुलाई भरपुर मनोरञ्जन दिएर नेपाल फर्केका हुन् ।

पछिल्लो समय पौडेल चर्तित कार्यक्रम इन्द्रेणीसँग सहकार्य गर्दै आएका छन् र उनले गाएका धेरैजसो दोहोरीहरु धेरै दर्शकहरुको रोजाईमा रहि युट्युब ट्रेन्डिङ्मा समेत पर्ने गरेका छन ।

त्यसैगरी, कार्यक्रममा निम्ताएकी अर्की कलाकार हुन् उमा देबी खनाल । गायिकासंगै कार्यक्रम संचालनमा पोख्त रहेकी उनी स्याङ्गजा जिल्लाको “हरिनास गाउपालिका ५ तर्केनी” मा जन्मिएकी हुन् ।

बहुमुखी प्रतिभाकी धनि गायिका खनाल सानै देखि गीत संगीतमा रुची राख्दै रेडियोमा सुनेर मनमनै गुनगुनाउने गर्थिन । गाँउ समाजमा हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतुति दिदै संगीत क्षेत्रमा प्रबेश गरेकि उनि अहिले लोकदोहोरि क्षेत्रमा स्थापीत कलाकार हुन् ।

बि स २०७० शालदेखि व्यवासायी रुपमा लागेकी गायिका खनालका युटुवमा “चाइनाले लामा लामा लुगा पठाई देउ ” पार्टी दिन्छु म” प्यारोको मायाले मस्ती बनायो, हेर्दा हेर्दै भर काट्यो सैइले जस्ता गीतहरु चर्चित छन ।

देशमा बिभिन्न स्थानमा हुने सास्कृतिक कार्यक्रमको दौरान खनाल ६६ जिल्ला भन्दा बढी जिल्लाहरुमा पुगेकी छन् l

यहि आउने महिना २० मार्च २०२० का दिन कतारको अम्वाज ग्लोबल भिलेज मिसाईदमा हुने बृहत कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारसंगै नेपाली मौलिक (पन्चे बाजा ) लाइभ कार्यक्रम पनि रहेको हुदा प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै विशेष कार्यक्रम बनेको समाजका अध्यक्ष अजमत अलिले बताए ।

त्यसैगरी, कतारमा कार्यरत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति पनि कार्यक्रम झन मनोरञ्जनात्मक बन्ने सस्थाका महासचिव शिबराम ढकालले जानाकारी गराए ।

बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि उक्त कार्यक्रमले निरन्तरता पाएको र उक्त दिन कतारलाई कर्मथलो बनाएर बस्नुहुने नेपाली समुदाय,सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, समाजसेबी, पत्रकार लगायतलाइ कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन समेत स्याङ्गजा समाज कतारले अनुरोध गरेको छ ।

“ स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिकसेवाको भावना” भन्ने मुल नारालाई लिएर सन : २००५ मा कतारमा स्थापना गरिएको सस्था सामाजिक कार्यमा क्रियाशील रहेको छ ।

समाजले केहि महिना पहिले “रक्तदान” पनि कार्यक्रम गरेको थियो l

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -