Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:३१ बिहान
- ADVERTISEMENT -

कोरोना प्रभावितका नाममा प्रार्थना

प्रकाशित मिति: २०७६ फागुन ५, सोमबार

624
Shares

काठमाण्डौँ, ५ फागुन २०७६ । चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ ।

नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो । सङ्क्रमणबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो ।

दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘सङ्क्रमणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए ।

नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको असल मित्र र विकासको साझेदार चीनले भोग्नु कठिनाइको परिस्थितिमा हाम्रो साथ र सहयोगको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए ।

साइनो नेपाल कल्चर एण्ड प्रमोसन सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपालको मुख्य पर्यटन बजारको स्रोतलाई कायमै राख्न र छिमेकी मुलुकप्रतिको सकारात्मक सद्भाव राख्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

नेपालका चिनियाँ भाषी पथप्रदर्शकको आयोजनामा उक्त कार्यक्रम भएको थियो । नेपालमा करीब ४०० को सङ्ख्यामा चिनियाँ भाषाका पथप्रदर्शक क्रियाशील छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -