Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०८:४१ बिहान
- ADVERTISEMENT -

थुम्पाखरमा कालिज पालन : शहर पसेका युवा गाउँ फर्किएर व्यवसाय गर्दै

प्रकाशित मिति: २०७६ फागुन ३, शनिबार

1162
Shares

सिन्धुपाल्चोक, ३ फागुन २०७६ । युवाहरू कामको खोजीमा शहर पस्ने र विदेश जाने क्रम बढेपछि प्रायः गाउँघरमा उमेर ढल्किएकाहरू मात्रै भेटिन्छन् । तर, सिन्धुपाल्चोक थुम्पाखरका युवाले भने गाउँ फर्क अभियान चलाएर जिल्लामै पहिलो पटक व्यवसायिक कालिज पालनमा लागेका छन् ।

विभिन्न कामको शिलशिलामा शहर पसेका सुनकोशी गाउँपालिका ६, थुम्पाखरका युवाहरू अहिले आफ्नै थलोमा फर्कन थालेका छन् ।

शहर केन्द्रित हुँदा गाउँघर शुन्य हुँदै गएको भन्दै युवाहरूले गाउँमै बस्ने उद्देश्य लिएर कालिज पालनको नयाँ व्यवसायमा जुटेको बताएका छन् ।

युवा व्यवसायी मिलेर जिल्लामै पहिलो पटक कालिज पालन गर्न थालेका छन् । भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि मार्फत् कालिज पालन सुरु गरेका युवाहरूले यो व्यवसायको लागि १३ लाखभन्दा बढि लगानी गरेका छन् ।

कालिज पालनको लागि खासै प्राविधिक ज्ञानको आवश्यक नपर्नुका साथै थोरै समयमै फाइदा लिन सकिने भएकाले कालिजको व्यवसायिक पालनमा लागेको प्रालिका अध्यक्ष रामचन्द्र कार्कीले बताउनुभयो ।

प्रतिगोटा तीन हजारसम्म विक्री हुने कालिजको मासु स्वादिलो हुने भएकाले यसको माग बढ्दै गएको छ ।

व्यवसाय सुरु गर्दा लगानी बढि परेजस्तो लागेपनि विक्री हुन थालेपछि दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि व्यवसायमा नाफा हुन थाल्ने समुहका अर्का सदस्य मधुसुदन कार्कीको विश्वास छ ।

राजधानी र अन्य स्थानमा बसोबास गर्दै आएका युवाहरू गाउँमै फर्किएका छन् र व्यवसायिक खेती किसानीमा लागेका छन् । सरकारले अनुदान, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा सहयोग गरिदिए मिहेनति युवाहरूलाई थप हौसला मिल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -