Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:२२ बिहान
- ADVERTISEMENT -

आज प्रणय दिवस, देश तथा विदेशमा प्रेम साटासाट गरी मनाइँदै

प्रकाशित मिति: २०७६ फागुन २, शुक्रबार

702
Shares

काठमाडौं, २ फागुन २०७६ । आज फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस । विश्वभर आफन्त परिवार, साथीभाइलाई उपहार, गुलावको फूल दिई एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाईंदैछ । विशेषगरी प्रणय दिवसको दिनलाई प्रेम अभिव्यक्त गर्ने दिनका रुपमा प्रेमी प्रेमीका तथा श्रीमान श्रीमतीहरुले यसलाई चाडकै रुपमा लिन्छन् ।

यो दिन अभिव्यक्त गरिएको प्रेम सफल हुन्छ भन्ने विश्वास रहि आएको छ । प्रणय दिवस पश्चिमा संस्कृति भएपनि केहि वर्ष यता नेपालमा यो दिवसप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । मायाप्रेमलाई आत्मिय सम्बन्ध मानिए पनि पछिल्ला समयमा यो दिवस विकृतितर्फ उन्मूख भैरहेको छ ।

ईशापूर्व ३५० अघि इटलीका तत्कालिन शासक क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेनटाईनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

क्लाउडियसले आफ्ना सैनिकहरुलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेनटाइनले क्लाउडियसको यो कदम विरुद्ध सैनिकहरुको लुकेर विवाह गराइदिएका थिए ।

आफ्नो आदेश र चाहाना विपरित सैनिकहरुको विवाह गराइदिएको भन्दै भ्यलेनटाइनलाई फेब्रुरअरी १४ का दिन अर्थात आजकै दिन मृत्युदण्ड दिएका थियो। प्रेम र मानवताका अनुयाइ भ्यलेनटाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फ्रेबुअरी १४ लाई भ्यलेनटाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउदै आएको छ ।

यसैबीच भ्यालेन्टाइन्स डेका लागि यसपटक एक लाख ९० हजार थान गुलाब स्टिक आयात भएको छ । यसदिन गुलावको धेरै कारोबार हुने भएकाले भारतबाट पनि आयात गरिएको छ ।  प्रेम दिवसप्रतिको आकर्षण बढ्दो तर त्यहि अनुपातमा गुलावको उत्पादन नहुँदा आयात बढेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ ।

कृत्रिम फूल छिट्टै नबिग्रने भएकाले उपभोक्ताको आकर्षण पनि यसमा बढ्दै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -