कपिलवस्तु, १ फागुन २०७६ । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नम्बर २ मा एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।
मायादेवी गाँउपालिकाको गगापुर ९भैसकुन्डा० का बिजय कुमार पासी कि ६ वर्षिय छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको हो ।
बालिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा कक्षा १ मा अध्यनरत थिइन ।
घरबाट बिधालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुदा करेन्ट लागि मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
उक्त हेन्ड पम्पमा जडान रहेको मोटर बाट करेन्ट हेन्ड पम्पमा सप्लाइ भइ करेन्ट लागेको अनुमान गरिए पनि आधिकारिक पुष्ठि हुन सकेको छैन ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिएको छ । उक्त घटना पछि उक्त गाउँ र ती बालिका पढने बिधालयमा शोक छाएको छ ।
घटनापछि ती बालिका पढने बिधालयले एक बिज्ञप्ती जारी गरि समबेदना व्यक्त गरेको छ ।










































