गोरखा, २९ माघ २०७६ । भिमसेन थापा बोर्लाङ प्रतिष्ठान गठन गरिएको छ । भिमसेन थापा बोर्लाङ प्रतिष्ठान गठन गरी निर्माण कार्य सुरु गर्नका लागि अध्यक्ष राजु थापा, टंक बहादु श्रेष्ठ र निरतेन्द्र जंग थापाको अध्यक्षतामा तीन वटा उपसमिती गठन गरिएको छ ।
भिमसेन थापाका सन्ततिहरुको नाममा रहेको जग्गा भिमसेन थापा बोर्लाङ प्रतिष्ठानको नाममा ल्याउने निर्णय गरिएको छ ।
सोही बैठकबाट पदमार्ग निर्माणका लागि समिति गठन गरिनुका साथै गाउँपालिका नजिकै रहेको धार्मिक रुपमा प्रख्यात चण्डीथान मन्दिर निर्माण समिती समेत गठन गरिएको छ ।
साथै, भिमसेन थापाको सालिक अनावरण गर्नका लागि पुर्बाधार बनाउने तयारी समेत गरिएको अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।









































