Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४४:४६ बिहान
- ADVERTISEMENT -

जापानी नागरिक म्याग्दी तातोपानी कुण्डको अनुसन्धानमा

प्रकाशित मिति: २०७६ माघ २९, बुधबार

1321
Shares

म्याग्दी, २९ माघ २०७६ । प्राकृतिक चिकित्सालय मानिने म्याग्दीका तातोपानी कुण्डहरुको अनुसन्धान र प्रचारप्रसारका लागि जापानी अनुसन्धानकर्ता लागिपरेका छन् ।

दुई वर्षअघिदेखि सामुदायिक विकास तथा हरियाली आयोजनाका लागि म्याग्दीलाई कार्यक्षेत्र बनाउँदै आएका जापानी नागरिक सुन्य आवामुरा म्याग्दीमा रहेका तातोपानी कुण्डमा पुगेर खोज, अनुसन्धान र प्रचारप्रसारमा व्यस्त छन् ।

“तातोपानी कुण्डमा पुग्न मलाई दुई महिना लाग्यो, यहाँको तातोपानीले मलाई जापान फर्किनबाट रोक्यो”, आवामुराले भने । परियोजनाको काम सकेपछि फर्किने तयारीमा रहेका आवामुराले तातोपानीमा उपचार गराइरहेका बिरामीले निको भएको बताएपछि यहाँका तातोपानी कुण्डहरुलाई जापानीमाझ चिनाउने बताए । उनले भने, “मेरी श्रीमती पनि पत्रकार हुन्, यस कार्यमा उनले पनि मलाई सघाइरहेकी छन् ।”

म्याग्दी जिल्लाका विभिन्न स्थानमा रहेका साना–ठूला सबै तातोपानी कुण्डको ‘प्रोफाइल’ बनाएर विदेशी पर्यटकलाई प्राकृतिक तातोपानी कुण्डमा आउने वातावरण बनाइरहेको आवामुराले बताए । “म्याग्दी तातोपानीका कुण्डैकुण्ड भएको सुन्दर जिल्ला हो, प्राकृतिकरूपमा नुनिलो स्वादको तातोपानी निस्कने मुहानलाई चिनाउने प्रयासमा छु”, उनले भने ।

कृत्रिम तातोपानीमा नुहाउनेहरूलाई पहाडबाट निस्किएको प्राकृतिक तातोपानीले आकर्षित गर्ने उनको भनाइ थियो । तातोपानी कुण्ड जाने नक्सा, तातोपानीको महत्व तथा आसपासमा रहेका होटल, जैविक तरकारीलगायतका महत्वलाई समेटेर प्रचार साम्रगी तयार पारेका आवामुरा तातोपानी कुण्डलाई मात्रै प्रचार गरे पनि म्याग्दीमा बर्सेनि हजारौँ विदेशी पर्यटक ल्याउन सकिने उनले बताए । “तातोपानी कुण्ड पर्यटकलाई हिराजस्तै हो, पूर्वाधार र राम्रो होटल बनाउनुपर्छ”, आवामुराले भने । उनले कुण्डको साम्रगी अङ्ग्रेजी र जापानी भाषामा तयार गरिरहेछ । जिल्लाभर धेरै तातोपानीको मुहान भए पनि आठ ओटाको प्रचारप्रसार साम्रगी बनाइरहेको उनले बताए ।

बेनी नगरपालिका- ४ सिङ्गा र धवलागिरि गाउँपालिका- ४ मुदीको बगरको तातोपानीले आफूलाई आकर्षित गरेको उनको भनाइ थियो । सिङ्गा तातोपानी बिरामीको उपचार र बगरको पर्यटकलाई केन्द्रित गर्न सकिने भए पनि जिल्लाभित्रका आठ स्थानमा रहेको कुण्डमा पूर्वाधारको कमी महसुस गरेको उनले जानकारी दिए । उनले पहिलो चरणमा एशियाली मुलुक हुदै विश्वभर तातोपानी कुण्डको सन्देश पु¥याउने आफ्नो चाहना रहेको बताएका छन् ।

हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, चोटपटक लागेकोजस्ता स्वास्थ्य समस्या निको हुने सन्देशले विदेशीलाई लामो समयसम्म स्नान गर्न आउन सहज हुने उनको भनाइ थियो । “हिमालको काखमा तातोपानी कुण्ड विश्वभरका पर्यटकलाई नौलो हो, यहाँ हिरालाई पनि ढुङ्गाभन्दा कम महत्व दिइएको जस्तै लाग्छ”, उनले भने । आफ्नो अध्ययन तथा भ्रमणले जापानी साथीहरू घुम्न आउने योजना बनाइरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -