काठमाडौं, २८ माघ २०७६ । नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसबाट भरत राज जोशी सभापतिमा आफ्नो उमेदवारी दिने भएका छन् ।
त्रि बि ले स्वबियु निर्वाचन मिति तोकेसंगै विद्यार्थी नेताहरु निर्वाचनको टिकट आफ्नो पक्षमा पार्नको लागि दौडधुपमा रहेका छन । कतिपय क्याम्पसहरुमा २०७३ फाल्गुनमा निर्वाचन भए पनि धेरै आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा सो समयमा निर्वाचन हुन सकेको थिएन ।
विद्यार्थीको समस्या र हकहितको लागि प्रत्यक्ष सरोकार राख्ने संस्थाको निर्वाचन लामो समय देखी नहुदा अहिले तोकिएको मितिमा पनि निर्वाचन हुनेमा धेरैको शंका नै रहेको छ ।तर धेरै विद्यार्थी नेताहरु तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु पर्ने आवाज उठाउँदै चुनावी माहोलमा होमीई सकेको पाईन्छ ।
अघिल्ला वर्षहरु विशेष गरि ३ विद्यार्थी संगठन बिच हुने प्रतिस्पर्धा यस पटक भने २ विद्यार्थी संगठन बिच मात्रै हुने भए पछि झन यसले धेरैको ध्यान समेत खिचेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेबिसंघ र नेकपाको अनेरास्ववियु बिच कडा टक्कर पर्ने देखिएको छ । स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनको मिति नजिकिदै गर्दा त्रीचन्द्र क्याम्पस ,शंकारदेभ क्याम्पस, रत्न राज्य क्याम्पस, तथा नेपाल ल क्याम्पसमा पनि माहोल तातिदै गएको छ ।
निर्वाचनको मिति नजिकिएसंगै नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पस बाट भरत राज जोशी , मनोज बास्तोला, दीर्घराज भट्ट , मिलन जोशी र सिद्धराज जोशी पनि सभापतिमा उठ्ने चर्चा परिचर्चा चलिरहेको छ ।








































