गोरखा, २६ माघ २०७६ । गोरखामा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

गोरखाको सिरानचोक गा.पा.वडा न ७ मा रहेको बाल ज्योति आधारभूत विधालयमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ गोंगबु काठमाडौबाट जाडोको लागि न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नेकपा गोरखा जिल्ला सचिब प्रेम बहादुर गुरुङको प्रमुख आथित्यतामा, लायन्स क्लब अफ गोंगबु काठमाडौका संयोजक मोहन प्रसाद भट्टराई, लायन्स क्लब अफ गोंगबु काठमाडौका अध्यक्ष लक्ष्मण ढुँगाना, लायन्स ३२५ बि १ का बरिष्ठ सल्लाहकार प्रकाश कुमार श्रेष्ठ, क्षेत्रिय अध्यक्ष मोहन भट्टराई, गोगबु क्षेत्र अध्यक्ष श्रीकृष्ण मानन्धर, क्लबका सचिब रामकुमार श्रेष्ठ, निर्देशक उपेन्द्रमान प्रधान लगायत अन्य अतिथि महानुभाबहरुको उपस्थितिमा ६० जना बाल बालिकाहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्रीहरू बितरण गरिएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष लक्ष्मण ढुँगानाले चाँडै नै बिधालयको पुस्तकालयमा पुस्तक लगायत अन्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।









































