- ADVERTISEMENT -

नेपाली संस्कृति पिएससिएनको डान्स फेस्टिवलमा

February 9, 2020
901
Shares
- ADVERTISEMENT -

काठमाडौं, २६ माघ २०७६ । प्रि-स्कुल कमिटी अफ नेपाल (पिएससिएन)ले आयोजना गरेको डान्स फेस्टिवलमा विद्यार्थीहरुले नेपाली संस्कृतिको झल्को दिने गरी प्रस्तुती दिएका छन् ।

ललितपुरको सेन्ट जेभियर्स स्कुलमा सम्पन्न डान्स फेस्टिवलमा पिएससिएनअन्तर्गतका  १९ वटा स्कुलका विद्यार्थीहरुले प्रस्तुती दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

करिब ४०० भन्दा बढी विद्यार्थीले विभिन्न मौलिक भेषभूषामा सजिएर फेस्टिवलमा सहभागी भएका थिए । २०७६ सालमा स्थापना भएको पिएससिएनले ससाना बालबालिकाको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएका छन् ।

विगतमा जस्तो किताबी ज्ञानमा मात्र शिक्षा सीमित नभएकाले सानै उमेरदेखि विद्यार्थीको व्यक्तित्व विकासका लागि पिएससिएनले विभिन्न कार्यक्रम गर्दै आएको पिएससिएनकी अध्यक्ष सभ्यता खड्का स्वारले जानकारी दिइन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -