Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:२८ बिहान
- ADVERTISEMENT -

‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट

प्रकाशित मिति: २०७६ माघ २५, शनिबार

710
Shares

लमजुङ, २५ माघ २०७६ । कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ ।

लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा आवेदन परेकोमा तीमध्ये मनाङको एकसहित ३९ फर्म छनोट गरिएको कृषि ज्ञान केन्द्र लमजुङका कार्यालय प्रमुख रोहणीराज घिमिरेले बताउनुभयो ।

छनोट मूल्याङ्कन समितिले किसानको घरदैलोमै पुगेर स्थलगत अध्ययन र अनुगमन गरेपछि प्रस्तुत गरेको प्रतिवेदनका आधारमा ती फर्म छनोट गरिएको उहाँले बताउनुभयो । केन्द्रले अनुदानका लागि गएको साउन २० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो ।

लमजुङको आठ स्थानीय तहमध्ये सुन्दरबजार नगरपालिकाका ७, राइनास नगरपालिकाका ६, मध्यनेपाल नगरपालिकाका ६, दूधपोखरी गाउँपालिका ३, दोर्दी गाउँपालिका २, क्ब्होलासोथर गाउँपालिका ३ र मस्र्याङ्दी गाउँपालिकाका ४ गरी ३८ तथा मनाङको नासो गाउँपालिकाका एक गरी कूल ३९ फर्म छनोट भएको केन्द्रले जनाएको छ ।

मनाङमा तुलनात्मक रुपमा कृषि सहकारीका साथै सक्रिय कृषक समूहको कमी, फर्म दर्ता गरी कृृषि कर्म गर्ने किसानको सङ्ख्या कम भएको र आवेदन एउटा आएकोमा एउटा छनोट गरिएको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक स्थानीय तहमा एक एक वटा फर्म अनिवार्य छनोट हुनुपर्ने भए पनि ५० प्रतिशतभन्दा बढी राम्रो भएको हुनुपर्छ ।”

‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा यस केन्द्रलाई रु एक करोड आएको केन्द्रले जनाएको छ । ती छनोट भएका फर्मले कम्तीमा रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म सहयोग प्राप्त गर्ने छन् । केन्द्रमा गएको वर्ष लमजुङबाट २० वटा आवेदन दर्ता भएका थिए । तीमध्ये तीनले सम्झौता नै गर्न नआएको हुँदा १७ ले अनुदान पाएका थियो ।

‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट गएको वर्ष केन्द्रलाई रु ७० लाख प्राप्त भएको थियो । ‘साना कृषि मोडेल फर्म स्थापना’ कार्यक्रमअन्तर्गत गएको वर्ष रु दुई लाख ५० हजारदेखि चार लाख २० हजारसम्म कृषि सहकारी, कृषक समूह तथा निजी कृषि कम्पनीले अनुदान पाएका थिए । ‘मौरीपालन, अलैँचीखेती, तरकारी खेती, माछापालन र केराखेतीका क्षेत्रमा सहयोग गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -