काठमाडौ, २३ माघ २०७६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले ३ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो । जसमा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छेदारलाई पनि मुद्धा दायर गरेको छ ।
लगतै काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले गच्छेदारमाथिको मुद्धामा असन्तुष्टि ब्यक्त गरेका छन् । शर्माले सामाजिक सञ्जाल मार्फत माधवकुमार नेपालको पालामा नितिगत निर्णय गरेर ८ आना जग्गा आफनो गरेका विष्णु पौडेललाई मुद्धा नलगाएकोमा आपति ब्यक्त गरेका छन् । उनले सबैलाई समान ब्यवहार हुनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा शर्माले लेखेका छन् ,’ श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय l एक पुर्व मन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा l मुद्दा कसलाई ? बिजय गच्छदारलाई ! `एनिमल फार्म´ मा जर्ज अर्बेल भन्छन्- All animals are equal, but some are more equal than others.’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारको जग्गै किनेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।
बालुवाटारमा रहेको आफ्ना नामको जग्गा सरकारलाई फिर्ता दिन तयार भएपछि उनीहरूलाई अख्तियारले मुद्धा नचलाएको हो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको बनाउने प्रकरणका पूर्वमन्त्रीदेखि व्यापारीसम्म एक सय ७५ जनालाई भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरिँदा उनीहरूले भने उन्मुक्ति पाएका छन्।








































