- ADVERTISEMENT -

“हिमाल बहस” : एमसिसीबारे अध्ययनकै क्रममा थापा

February 5, 2020
489
Shares
- ADVERTISEMENT -

काठमाडौं, २२ माघ २०७६ । नेपाली कांग्रेका नेता गगन थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे आफू अध्ययनकै क्रममा रहेको बताएका छन् ।

विवादमा परेको एमसिसीबारे हालसम्म सार्वजनिक धारणा नराखेका नेता थापाले बुधबार राजधानीमा आयोजित एक बहसमा भाग लिँदै यस्तो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘यसबारे राम्रैसँग अध्ययन गर्नुपर्छ भन्ने लागेर म चाहिँ अझैँ पनि अध्ययनकै क्रममा छु,’ एमसिसीबारे छलफल गर्न आयोजित ‘हिमाल बहस’मा थापाले भने, ‘किनभने अलिकति कम जान्ने भएकोले गर्दा कतिपय नेताहरुजस्तो हेर्नसाथै बुझिहाल्ने मेरो क्षमता छैन।’

उनले संसदमा आए त्यसबारे अध्ययन हुने बताए।

- ADVERTISEMENT -

Advertisement

‘यो विषयमा केही तयारी गर्ने, केही अध्ययन गर्ने प्रयास गर्दै आएको हुनाले यसबारेमा अध्ययन गर्ने, कुरा बुझ्ने कोसिस गर्छौं,’ उनले भने, ‘यसका लागि अध्ययन गर्नुपर्छ। जानेका बुझेका मान्छेबाट थाहा पाउनुपर्छ भन्ने लागेकै थियो।’

यसमा सामान्य अध्ययनले नपुग्ने थापाको भनाइ छ।

‘केही राजकीय जिम्मेवारी निर्वाह गरिसक्नु भएका नेताहरूको अभिव्यक्ति लगातार जुन आइरह्यो, केही दलहरुले वक्तव्य नै निकाल्नुभयो,’ थापाले भने, ‘ती सबै कुराले जुन खालको परिदृश्य सिर्जना भयो, यसले चाहिँ सामान्य अध्ययनले मात्रै पुग्दैन। संसदको छलफलमा पनि यसमा उठेका सबै प्रश्नबारे सिक्ने, थाहा पाउने प्रयास गर्नुपर्छ।’

राजनीतिक फाइदाका लागि दलहरूले यसमा ‘पोजिसन’ लिन नहुने थापाको भनाइ छ। ‘दलहरुले पोजिसन लिन पाउँछन् भनेर लिएको पोजिसन चाहिँ त्यसको प्रभाव के पर्छ भनेर पनि हेर्नुपर्छ। लिनका लागि पोजिसन लिएर मात्रै हुँदैन,’ उनले भने। 

एमसिसी स्वीकार गरे नेपालमा अमेरिकी सेना आउँछ भन्ने खालका हल्ला चलेको भन्दै उनले यसमा प्रधानमन्त्री ओलीको नै हात रहेको आरोप लगाए।

‘एमसिसीबारे जुन होहल्ला भइरहेका छ त्यसको सुरुवात मैले प्रधानमन्त्रीबाट भएको थाहा पाएँ,’ उनले भने, ‘प्रधानमन्त्रीले एउटा अन्तर्वार्ता दिने क्रममा बलात्कारको अभियोगमा जेलमा रहनुभएका पूर्व सभामुखबारे एमसिसीसँग जोडेर टिप्पणी गरिदिनुभयो। उहाँको नियत त्यो थिएन तर त्यसपछाडि अहिले बलात्कार अभियोग खेपिरहनु भएको पूर्व सभामुखसँग गएर सबै कुरा जोडियो। हामीले बाहिर हेर्‍यौं भने एमसिसीबारे जुन खालका हल्ला मच्चाइएका छन् त्यसका प्रधानमन्त्रीको टिप्पणी पनि केही हदसम्म जिम्मेवार थियो।’

सांसद खत्तम, बाहिरका सबै जान्ने?’

एमसिसी संसदमा आएपछि यसबारे छलफल गरिने बताउँदै थापाले सांसदहरु देशलाई हित नगर्ने कुरामा पनि सचेत हुने बताए ।

‘संसदमा हामी सबै पार्टीका सांसद छौं,’ थापाले भने, ‘यत्रो सरोकारको विषयमा नागरिकबाट प्रश्न उठिसकेपछि ती प्रश्नका बारेमा त्यहाँ भित्र छलफल गर्छौं, बहस गर्छौं। राष्ट्रियताको पक्षमा होइन रहेछ भने त्यो ५५ अर्ब त के ५५ अर्बको पाँच गुणा बढी आए पनि लिन्नौं ।’

उनले एमसिसीबारे बाहिरका मान्छेले मात्रै जान्ने तर जनप्रतिनिधिहरुले केही नजान्दैन् भन्ने सोचबाट बाहिर निस्कनुपर्ने बताए ।

‘नेपालको विधायिकाले त्यति कुरा पनि हेर्न सक्दैन्?’, थापाको प्रश्न थियो, ‘बाहिर रहेकाले चाहिँ सबै जान्ने, संसद भित्रकाले केही पनि नजान्ने भन्ने कुराबाट पनि बाहिर निस्कौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -