- ADVERTISEMENT -

नेपाली कांग्रेसको बैठक माघ २७ गते

February 5, 2020
747
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २२ माघ २०७६ । नेपाली कांग्रेसको भोलि माघ २३ गते बिहिबारका लागि तय गरिएको केन्द्रीय कार्य समितिको बैठक माघ २७ गतेका लागि सारिएको छ ।

नेपाली कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकले १४ औं महाधिबेशनको कार्यतालिकामा सामान्य हेरफेर तथा नेविसंघ गठनको निर्णय गरेपछि महाधिबेशनको कार्यबिधि सम्बन्धमा सहमति गरेर अघि बढ्नका लागि थप गृहकार्य आबश्यक भएकोले बैठक सारिएको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूूर्बमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेको केन्द्रीय समिति बेठकले महाधिबेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता बितण सम्बन्धी धारा निलम्बित गर्ने निर्णय गरेको थियो ।

तर पछि शीर्ष नेतृत्वबीच निलम्बित धारा फुकुवा गर्ने सहमति भएको थियो । जुन बिषयमा केन्द्रीय सदस्यद्धय डा मिनेन्द्र रिजाल र रमेश लेखकले गृहकार्य गरिरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -