साउदी अरब, २० माघ २०७६ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले साउदीमा रहेका नेपाली उपभोक्ताहरुका लागि उपहार योजना सार्वजनिक गरेको छ ।
साउदी अरबको बैंक अल बिलाद -एन्जाज को संयुक्त सहकार्यमा सिटी एक्सप्रेसले उपहार योजना ल्याएको हो ।
उक्त योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट , अल्बिलाद ए टि एम ,एन्जाज सेल्फ –सर्भिस मेसिन ,एनजाज पि ओ एस ,एन्जाज सेन्टर) मा उपलब्ध छ ।
सोही योजना अन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले नि;शुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुन का सिक्का , ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् ।
जस योजना ३ महिनाको लागि ( जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेस बिच २०१७ देखि कारोवार सुचारु हुदै आइरहेको हो ।








































