Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४६:०१ बिहान
- ADVERTISEMENT -

बाजुराका दुई सुत्केरी महिलाको ज्यान जोगियो

प्रकाशित मिति: २०७६ माघ १८, शनिबार

1175
Shares

बाजुरा, १८ माघ २०७६ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको क्वीक एक्शनको कारण आज बाजुराका दुई सुत्केरी महिलाको ज्यान जोगिएको छ ।

बाजुराको दुर्गम गाउँ साप्पाटा र गोत्रीमा सुत्केरी महिलाको ज्यान जोखिममा परेको सूचना पाएलगत्तै मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकोप्टर पठाएर उद्धार गरी ज्यान जोगाएको हो ।

सोही गाउँबाटबाट सेनाको हेलिकोप्टरद्वारा आज एकै दिन दुई सुत्केरीको उद्धार गरेको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयाल गाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन हेलिकाुप्टरमार्फत उद्धार गरिएको हो ।

साप्पाटा फयालगाउँकी गीताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राव भएका कारण गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला अस्पतालका प्रमुख रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । चौथो सन्तानका रूपमा छोराको जन्म दिनुभएकी गीताको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो ।

त्यसैगरी, सिर्जनाको यही माघ १५ गतेदेखि लामो ब्यथा लागेको र पहिलो गर्भवती भएकाले पाठेघरको मुख नखोलिँदा समस्या भएका कारण उहाँलाई पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको गोत्री सामुदायिक स्वास्थ्य एकाइका प्रमुख अमर बुढाले जानकारी दिनुभयो । उहाँलाई पनि उपचारका लागि नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा खबर पाइसकेपछि प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने र जिल्ला अस्पतालका प्रमुखको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा दुवै सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो ।

स्वामीकार्तिकका अध्यक्ष चीरञ्जीवी शाही र जगन्नाथका अध्यक्ष कालीबहादुरले खबर गरेलगत्तै आफूले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकोप्टर पठाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

‘महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले क्वीक एक्शन गरेर तत्कालै हेलिकोप्टर पाठाएर उद्धार गरिएको हो,’ प्रजिअ न्यौपानेले भन्नुभयो । मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै मन्त्री पार्वत गुरुङले उद्धारको सूचना आएपछि एक सेकेन्ड पनि बिलम्ब आफूलाई स्वीकार्य नहुने निर्देशन दिनुभएको थियो । मन्त्री गुरुङकै क्वीक एक्शनले आज दुई महिलाको तत्कालै उद्धार भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -