पोखरा, १८ माघ २०७६ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टोलिले गाँजा, चरेश र बन्दुक सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा मोदी गाँउपालिका-१ भुकताङ्ले झिल्लीबर्याङ बस्ने वर्ष ३० को मुक्त बहादुर आले मगर रहेका छन् ।
पर्वतको मोदी गाँउपालिका-१ भुकताङ्ले झिल्लीबर्याङ आसपासका क्षेत्रमा लागूऔषध ओसार पोसार तथा बिक्री बितरण भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट विशेष रुपमा खटि गएको प्रहरी टोलिले निज मुक्त बहादुर आले मगरको घर कोठा खानतलासी गर्ने क्रममा कोठा भित्र बोरामा लुकाई राखेको अवस्थामा गाँजा जस्तो देखिने खैरो पदार्थ १ किलो ३०० ग्राम, चरेश जस्तो देखिने खैरो पदार्थ ५० ग्राम र १२ बोरको एकनाले बन्दुक १-थान सहित निजलाई पक्राउ गरेको छ ।
पक्राउ परेका निज उपर लागूऔषध सम्बन्धी कसुर र हातहतियार खरखजाना सम्बन्धी एकिकृत कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको छ ।








































