- ADVERTISEMENT -

देशको समृद्धिका लागि आविष्कार र अनुसन्धानमा जोड दिनु पर्ने

January 31, 2020
749
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ माघ २०७६ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले देशको समृद्धिका लागि आविष्कार र अनुसन्धानमा जोड दिनु पर्ने बताएका छन् ।

‘देशलाई समृद्धिमा लैजानका लागि आर्थिक अवस्था सुधार्नु पर्छ । त्यसका लागि आविष्कार र अनुसन्धान गर्न आवश्यक छ, नेपालगञ्जमा पत्रकारहरुसँग कुरा गर्दै पुनले भने, ‘आविष्कार तथा अनुसन्धान आर्थिक विकासको इन्जिन हो ।’

- ADVERTISEMENT -

Advertisement

पुनले आविष्कार तथा अनुसन्धान किसानले बाली लगाएर ४÷५ महिनामा भित्र्याएजस्तो नभएको बताए । सरकारी सहयोग बिना नै आविष्कार तथा अनुसन्धानमा लागि परेका पुनले विद्यालयमा विज्ञान र प्रविधिमा जोड दिनुपर्ने बताए । विज्ञानको पढाईलाई बढावा दिन शैक्षिक सामाग्री उत्पादनमा जोड दिनुपर्ने बताउदै पुनले कितावको थेउरीलेमात्रै पढाएर नहुने बताए ।

नेपालगञ्जमा ग्राण्ड साइन्स फेस्टिबल हुँदैछ । आयोजकले आविष्कार केन्द्रका पुनलाई त्यही सिलसिलामा नेपालगञ्ज ल्याएका थिए । पुनले फेस्टिबलबाट जन्मिएका प्रतिभालाई आफूहरुले सहयोग गर्ने प्रतिबद्धता गरे ।

- ADVERTISEMENT -

Advertisement

‘उद्यमी बन्ने, रोजगारी सिर्जना गर्ने कोही निस्किएमा आविष्कार केन्द्रमा पठाइदिनुस्, हामी त्यसलाई सहयोग गछौँ’, पुनले भने, ‘फेस्टिबलले विज्ञान विषयको महत्व बढाउने काम गर्छ । यसलाई निरन्तरता दिनुपर्छ ।’

राष्ट्रिय आविष्कार केन्द्रले ३२ वटा आविष्कार तथा अनुसन्धानमा काम गरिरहेको छ । तीमध्ये केहीको काम सम्पन्न हुने अवस्थामा रहेको छ । केन्द्रले जुनसुकै विषयको अनुसन्धानको काममा सहयोग गर्ने गरेको छ ।

पुनले आविष्कार तथा अनुसन्धानमा मन्त्री, सभासद थोरैलाई मात्र ज्ञान रहेकाले लगानी बढ्न नसकेको बताए । ‘विज्ञान प्रविधिमा विकास गर्नुपर्छ । लगानी गर्नु पर्छ भन्ने ज्ञान धेरैलाई छैन, पुनले भने, त्यही भएर हाम्रो देश पछाडी परिरहेको छ ।’

आविष्कार तथा अनुसन्धानमा गरेको लगानी शतप्रतिशत फाइदामा देखिँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -