- ADVERTISEMENT -

स्वदेशी औषधि उद्योगका समस्या समाधान गर्न सरकार क्रियाशील : मन्त्री पाेखरेल

January 31, 2020
549
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ माघ २०७६ । नेपालको उत्कृष्ट औषधि कम्पनीमध्ये देउराली जनता फर्मास्युटिकल्स २९ औं वर्षमा प्रवेश गरेको छ । २९ औं वर्षगाँठको अवसरमा कम्पनीले उत्पादन गरेका औषधिलाई विदेशमा निर्यात गर्ने घोषणा समेत गरेको छ ।

देउराली जनता फर्मास्युटिकल्सले आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली औषधि उद्योगलाई प्रर्वद्धन गर्नुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले स्वदेशी औषधि उद्योगले भोगेका समस्यालाई समाधान गर्न सरकार क्रियाशिल रहेको भन्दै ठोस समस्या लिएर उद्योगीहरु आउनुपर्ने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

सोलोढोलो समस्या लिएर होइन,नेपाली औषधि उद्योगलाई अगाडि बढाउन सरकारले के गर्नुप¥यो ती समस्या लिएर आउनुस्,उपप्रधानमन्त्री पोखरेलले भन्नभयो,“ती समस्या समाधान सरकारले गर्नेछ ।” नेपालमा हाल ५५ वटा औषधि कम्पनीले औषधि उत्पादन गरीरहेको उल्लेख गर्दै पोखरेलले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

विदेशबाट आयात हुने कच्चा पदार्थमा सरकारले सहुलियत दिने भन्दै उद्योगीहरुलाई दोहोरो मारमा पार्न नहुने पक्षमा सरकार रहेको प्रष्ट पार्नुभयो । उहाँले औषधिको परनिर्भरतालाई घटाउदै मुलुकलाई आत्मनिर्भरता तर्फ उन्मुख गर्न सरकारले स्वदेशी औषधि उत्पादकलाई विशेष सहुलियत दिने छ, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो,“समृद्ध नेपाल बनाउन उद्योग कलकारखानालाई प्रोत्साहन गर्ने नीतिमा सरकार रहेको छ ।”

- ADVERTISEMENT -

Advertisement

अन्य देशमा बनेका औषधि आयात गर्दा सुविधा दिने तर नेपालमै औषधि उत्पादन गर्न अनेक झण्झट व्यहोर्नुपर्ने नीतिलाई सरकारले अन्त्य गर्ने बताउनुभयो । उहाँले स्वदेशी औषधि उद्योगका लागि विशेष सुविधा थपिने भन्दै उहाँले अर्को बर्ष देउराली जनताको बार्षिकोत्सव मनाउँदा गुनासा गर्नु नपर्ने बताउनुभयो ।

उहाँले एउटै देशमा मात्र परनिर्भरता हुनुहुदैन भन्दै सरकारले अन्य देशसंगको परनिर्भरतालाई हटाउने जानकारी गराउनुभयो । आवस्यकताको आधारमा उद्योगहरु सञ्चलन गरिने बताउनुभयो । उहाँले अबको दुइ वर्षमा देशलाई उर्जामा पूर्ण आत्मनिर्भर भएर विदेशमा समेत विद्युत निर्यात गरिने जानकारी दिनुभयो । पर्यटन, आर्थिक क्षेत्रमा पनि देशलाई सुदृढ बनाइने बताउनुभयो ।

कार्यक्रममा देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले नेपाली उद्योगहरु करको मारमा परेको गुनासो गर्नुभयो । एउटै कर पटक–पटक तिर्नुपर्ने बाध्यतामा नेपाली उद्योग र औषधि उत्पादन कम्पनी रहेको भन्दै त्यसलाई एकद्धार गरिनुपर्नेमा जोड दिनुभयो । उद्योगीहरु करदेखि डराएका होइनन शर्माले भन्नुभयो,“तर एउटै शिर्षकमा हरेक पल्ट कर तिर्नुपर्ने व्यवस्थाको अन्त्य हुनुपर्छ ।”

नेपालबाट ११ अर्बको तेल तथा ध्यू भारत निर्यात हुदा भारतका व्यापारीहरुले सरकारलाई भनेर ध्यू निर्यात गर्न बन्द गरेको स्मरण गर्दै उहाँले देशमा अरबौको औषधि आयात हुँदा किन सरकारको मन पोल्दैन भन्नुभयो । नेपालमा प्रशस्त उत्पादन हुने औषधिहरुको आयातलाई बन्द गर्नुपर्नेमा उहाँको जोड थियो । शर्माले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न स्वदेशी उद्योगको प्रवर्धन गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा टोखा नगरपालिकाका मेएर प्रकाश अधिकारीले देउराली जनताले औषधि उत्पादन क्षेत्रमा ठूलो प्रगति हाँसिल गर्न सकेको बताउनुभयो । उहाँले कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आधुनिक औषधिको शतप्रतिश कच्चा पदार्थ विदेशबाट निर्यात गरिनु दुःखद पक्ष भएको बताउनुभयो ।

उहाँले देशमा कच्चा पदार्थ उत्पादन गर्न सके औषधिमा ठूलो फड्को मार्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाल औषधि उद्योगले सिधै चीनबाट कच्चा पदार्थ आयात गर्न सके सहज हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा कम्पनीमा १० , १५, २० र २५ वर्ष काम गरीसकेका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -