Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४५:५४ बिहान
- ADVERTISEMENT -

धरानमा जारी लीलबहादुर क्षेत्रीद्धारा लिखित उपन्यास नाटक ‘बसाईँ’ समापन

प्रकाशित मिति: २०७६ माघ १६, बिहीबार

1285
Shares

इटहरी,, १६ माघ २०७६ । धरानमा जारी नाटक ‘बसाईँ’ बुधबारबाट सकिएको छ । चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीद्धारा लिखित उपन्यास बसाईँलाई नाटकमा रुपान्तरण गरी धरानमा माघ ९ गतेदेखि नाटक प्रदर्शन गरिएको थियो ।

भारतको प्रतिष्ठित पुरस्कार पद्यश्री पुरस्कारबाट सम्मानित हुन लागेका लेखक क्षेत्रीले नेपाली साहित्यमा समेत महत्वपूर्ण योगदान पु¥याएका छन् ।

तरहराका कवि विनय सरगमले बसाईँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेका थिए । नाटक बसाइँ बुधबार ७ औँ दिनमा १६ औं पटक मञ्चन हुँदै सकिएको थियो । नाटक प्रदर्शन भईरहँदा बुधबार दर्शक दीर्घमा रहेका मानिसहरु रुइरहेको आवाज निकालिरहेका थिए ।

नाटकको पात्र ‘धने’ र ‘मैना’ ले आफ्नो साहुको क्रण तिर्न नसक्दा गाउँ घर मायाँ मारेर बसाईँ जानु परेको दृष्य अगाडि घरमा रहेको तुलसाको मोठमा पानी चढाउँनु, मैनाले रुँदै–रुँदै परेवालाई चारो दिनु, बाख्रालाई घाँस दिन जानु र भुईँमा ढोगेर सधाँका लागि बसाईँ जानु परेको दृष्यले आम मानिसको ध्यान केन्द्रीत गर्यो ।

दर्शकहरु नाटक हेरिरहँदा रुईरहेको दृष्य प्रष्ट देख्न सकिन्थ्यो । बसाईँ नाटकले वास्तविक जीवनलाई चित्रण गरेको छ । व्यवस्थामा जति परिवर्तन भए पनि समाजको विभेदी अवस्थाको अनुहार नबदलिएकाले तीतो यथार्थ सन्देश दिन सफल बसाइँको नाटकीय रूप अत्यन्त सबल बनेको थियो । नेपाली समाजमा अहिले पनि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा बसाईँ सरेर जाने गरेका छन् । हरेक समय मानिसले आफ्नो सुखका लागि बसाईँ सरिरहेका छन् । यही चित्रणलाई आधार मानेर लेखिएको उपन्यास हो बसाईँ ।

पहाडी जीवन र आप्रवासको चित्रण गरिएको चर्चित उपन्यास ‘बसाईं’ लीलबहादुर क्षेत्रीले लेखेका हुन् । भारतको आसाममा सन् १९३४ मा जन्मेका क्षेत्रीको बसाईँ उपन्यास पुराना पुस्तादेखि नयाँ पुस्तासम्म परिचित छ । अर्थात्, क्षेत्रीले लेखेको बसाईँ मानिसले बाँचेको हरेक समयको कथा हो । उनको यो उपन्यास कालजयी छ । नेपाली भाषामा मुनामदनपछि सबैभन्दा बढी बिक्री हुने कृति हो बसाईँ ।

नाटकका निर्देशक मिलन चाम्लिङका अनुसार नाटकको माग अत्यन्त आएको र आँफूहरुले विविध कारणले यसपछि नाटक देखाउँन नसक्ने बताए । उनका अनुसार एकैदिन नाटक चार सो सम्म मञ्चन गरिएको थियो ।

नाटकमा कलाकारहरु विकास पराजुली, तुलसा थापा, शंकर थापा, मिलन चाम्लिङ, गोमा पौडेल, एनुमा चाम्लिङ, बलबहादुर राई, मिलन भुजेल र सन्देश दाहालको दमदार अभिनय रहेको थियो । नाटकमा संगीत संयोजन विनायक राईको छ भने प्रकाशन संयोजन हरि इवाहाङ लिम्बुले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -