Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:२८ बिहान
- ADVERTISEMENT -

अजिरकोटमा छोरी जन्मिए १२ कक्षासम्म नि: शुल्क

प्रकाशित मिति: २०७६ माघ १५, बुधबार

785
Shares

गोरखा, १५ माघ २०७६ । अजिरकोट गाउँपालिकामा एक वा दुई छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिका दुवै छोरीहरुले ११ र १२ कक्षा नि:शुल्क पढ्न पाउने भएका छन् ।

चालु आर्थिक वर्षबाट गाउँपालिकाले उनीहरुलाई ११ र १२ को शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

‘छोरी भए पुगेसरी निशुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाका सूचना अधिकारी सुरेश दवाडीले बताउनु भयो । ‘यो वर्ष कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘अहिलेलाई एक लाख रुपैयाँ रकम छुट्याइएको छ ।’

छात्रवृत्तिका लागि निवेदन संकलनको काम भइरहेको उनले बताए । हालसम्म सात वटा निवदेन परेको उनले जानकारी दिए । ‘दुइ वा एक छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पतिका छोरीहरु कक्षा ११ र १२ मा पढ्दै छन् भने गाउँपालिका कार्यालयको शिक्षा शाखामा आएर उहाँहरुले निवदेन दिन सक्नुहुनेछ, सामाजिक विकास समितिले आएको निवदेनमाथि छानविन गरी छात्रवृत्तिका लागि स्वीकृत गर्छ अनि छात्रवृत्ति उपलब्ध हुन्छ,’ दवाडीले भने ।

रकम अपुग भए हिउँदे अधिवेशनबाट पास गराएर रकम थप गर्न सकिने उनले बताए । उनका अनुसार नेपालभर जुनसुकै शैक्षिक संस्थामा अध्ययन गरे पनि छात्रवृत्ति उपलब्ध गराइने छ । ‘जुन फ्याकल्टी पढे पनि हुन्छ, जहाँको कलेज पढे पनि हुन्छ, हामी पढ्दा लाग्ने शुल्क तिरिदिन्छौ,’ उनले भने ।

जनसंख्या वृद्धिदर न्यूनिकरणका लागि उक्त कार्यक्रम ल्याएको उनले बताए । ‘छोराको आशमा धेरै सन्तान जन्माउने, अनि छोरा नै चाहिन्छ भन्ने मानसिकता कम गर्न पनि यो कार्यक्रम ल्याएका हौं,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -