- ADVERTISEMENT -

बुङकोटका थापाको शव भेटियो

January 29, 2020
856
Shares
- ADVERTISEMENT -

गोरखा, १५ माघ २०७६ । शहिद लखन गाउँपालिका–७ बुङकोटका ४७ वर्षिय काजिराम थापाको शव फेला परेको छ ।

थापाको मंगलबार बिहान गोरखा नगरपालिका–९ सल्यानधारामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीका अनुसार थापा गत बिहिबारदेखि परीवारको सम्पर्कमा आएका थिएनन् । ‘उहाँ हराउनु भएको भन्ने जानकारी पाउनु बित्तिकै हामीले खोजी गरिरहेका थियौँ । आज बिहान उहाँको शव फेला परेको छ’, उनले भने, ‘घटनता बारे थप अनुसन्धान भइराखेको छ ।’

थापा गत ९ गते काठमाण्डौँबाट आएपनि घरमा नपुगेपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -