Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:३१ बिहान
- ADVERTISEMENT -

सभापति देउवाद्वारा स्वागत : रामेछापका दर्जनाैं नेकपाका नेता कार्यकर्ता कांग्रेस प्रवेश

प्रकाशित मिति: २०७६ माघ १४, मंगलबार

1170
Shares

काठमाडौं, १४ माघ २०७६ । रामेछापका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई दर्जन नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा नेकपाका नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेसको सदस्यता दिएर सभापति देउवाले पार्टीमा भित्र्याएका हुन् ।

खाँडादेवी गाँउपालिका वडा नं- ४ का थुप्रै नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका उनीहरूलाई सभापति देउवाले माला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पकरबास (सान्ने) का रामहरि कार्की, हरि कार्की र रामहरी गिरीको नेतृत्वमा २१ जना नेता तथा कार्यकर्ताहरूलाई नेपाली कांग्रेस प्रवेश गरेकाे रामेछाप कांग्रेस प्रवक्ता नारायण बहादुर खड्का जानकारी दिए ।

सभापति देउवाले भने- ‘रामेछाप जिल्लाबाट नेकपा परित्याग गरी धेरै युवा साथीहरू नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँहरूलाई बधाई छ पार्टीमा हार्दिक स्वागत गर्दछु ।’

नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरूले कम्युनिस्टहरू झुठको खेतीमा लागेर जनतालाई दुःख दिने कार्यमा लागेकाले नेपाली कांग्रेसमा प्रवेश गरेका बताए ।

उनीहरूले लोकतन्त्र रह्यो भने मात्रै देश र जनताको भविष्य उज्वल हुनेभन्दै कम्युनिस्टहरूको मीठा कुरामा नफस्न सबैलाई अपील गरेका छन् ।

नेपाली कांगेसमा प्रवेश गर्नेहरूमा हरिबहादुर कार्की, रामकुमार कार्की, रामहरी गिरी, सम्म्बर बहादुर मानन्धर, रत्न बहादुर श्रेष्ठ, दिपक कार्की, रामचन्द्र कार्की, दिनेश कार्की छन् ।

त्यसैगरि शेर बहादुर कार्की, कृष्ण बहादुर कार्की, रेवती कार्की, पुष्कर कार्की, प्रदिप सुनुवार(भिरपानी), सुजन कार्की, खेम बहादुर कार्की, बिनोद कार्की, गौतम कार्की,देवबहादुर श्रेष्ठ, विष्णु कार्की, वीर बहादुर कार्की र नारायण कार्की छन् ।

साे अवसरमा रामेछाप कांग्रेस सभापति लवश्री न्याैपाने, पूर्वसभापति रामचन्द्र खड्का, उप-सभापति जितेन्द्र कुमार माेक्तान, सचिव द्वय लेखबहादुर कार्की र विष्णु बस्नेत तथा महासमिति सदस्यहरू कान्छाराम तामाङ, बीर बहादुर तामाङ, ध्रुव लामा, अर्जुन केसी, लगायत नेता तथा कार्यकताहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -