Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५८:१४ बिहान
- ADVERTISEMENT -

पालुङ्टारमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति: २०७६ माघ १४, मंगलबार

966
Shares

गोरखा, १४ माघ २०७६ । रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष रुषबाबु जोशीको अध्यक्षतामा भएको शिविरको उद्घाटन पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कडेंलले गर्नु भएको थियो । पालुङ्टारमा भएको नि:शुल्क स्वास्थ्य शिविरमा एकै दिन ४ सय जनाको स्वास्थ्य परिक्षण भएको छ ।

रोटरी क्लब अफ बज्र मनासलु गोरखाको आयोजना तथा पालुङ्टार नगरपालिकाको समन्वयमा वडा नम्बर ७ को खत्रीटारमा भएको एक दिने शिविरमा ४ सय ४ जनाको स्वास्थ्य जाँच भएको हो । जसमा पुरुषको तुलनामा महिला झण्डै तेब्बर छन् ।

२ सय ९४ जना महिलाले शिविरमा स्वास्थ्य परिक्षण गराउदा पुरुष भने १ सय १० जना मात्रै रहेको कार्यक्रम संयोजक विनोद अर्यालले जानकारी दिनुभयो ।

शिविरमा २ सय ८७ जनाले जनरल, १ सय १७ जनाले स्त्रीरोग सम्बन्धि समस्या तथा ९० जनाले भिडियो एक्स्रे गराएका छन् ।

विज्ञान पोलिक्लिनिक सेन्टर प्रा लि। (अर्याल मेडिकल हल) को प्राविधिक सहयोगमा भएको शिविरमा वडा नम्बर ७ र ८ का जनता प्रत्यक्ष लाभाञ्वित भएका थिए ।

विभिन्न रोगका विशेषज्ञ चिकित्सक सहितको टोलीबाट चेकजाँच गरिएको शिविरमा पाठेघर, पेट, श्वासप्रश्वास, हाडजोर्नी लगायतका समस्या भएका बिरामीहरुले सेवा लिएका थिए ।

शिविरमा स्वास्थ्य परिक्षण गराएका बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको संयोजक अर्यालले बताउनु भयो ।

कार्यक्रममा पालुङटारकी उपप्रमुख पम्फा बसेल, वडा नम्बर ६ का वडाध्यक्ष गोविन्द बराकोटी, ७ का वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा राम प्रसाद सापकोटा, क्लबका इलेक्ट प्रेसिडेण्ट विष्णु राना मगर लगायतले मन्तब्य राखेको क्लबका सचिव शिशुबाबु प्रधानले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -