- ADVERTISEMENT -

नेकपा सांसद अग्नि प्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित

January 26, 2020
1076
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १३ माघ २०७६ । नेकपा सांसद अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् ।

सापकोटाको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएको कारण प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम निर्विरोध निर्वाचित भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

संसदीय प्रक्रियामा लामो अनुभव र एउटा असल शिक्षक भएकाले सापकोटा सभामुख उपयुक्त रहेका नेकपाका उपनेता सुवास नेम्वाङले बताए ।

‘हाम्रो चयन उपयुक्त रहेछ भन्ने निश्कर्ष आइसकेको छ, यो संसदका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नुभएको छैन । लामो समयदेखि यो क्षेत्रमा क्रियाशील हुनुहुन्छ, आफ्नो यो भन्दा अगाडिको जीवनकालमा राम्रो मेहनती शिक्षकको रुपमा क्रियाशील रहनुभएको हो, भन्नुभयो ।

सापकोटाबाट प्रतिनिधिसभाले निर्वाह गर्नुपर्ने भूमिका बहन हुन्छ भने आशा रहेको उनले बताए । यस्तै घर्तीले पनि सापकोटाको पुष्ठभूमि सुनाएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -