- ADVERTISEMENT -

निरकुंशतन्त्रको विरुद्धमा गरेको क्रान्ति बुझ्नपर्ने खालको भयो : प्रचण्ड

January 25, 2020
907
Shares
- ADVERTISEMENT -

काठमाडौं, ११ माघ २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको क्रान्तिलाई समाजवादी क्रान्तिको रुपमा बुझ्नपर्ने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार ‘जनताको जनवादका आधारहरु’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष प्रचण्डले विचार र राजनीतिक कार्य्दिशा स्पष्ट नभएमा पार्टीले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने जनाए । ‘हामीले नेपालमा सामान्तवाद र निरकुंशतन्त्रको विरुद्धमा जुन क्रान्ति गर्यौ, त्यो न पूरानो खालको पूजीँपतिहरुले गरेको क्रान्तिजस्तो भयो, न चीन भियतनाम जस्तो क्रान्तिजस्तो भयो, यो आफ्नै खालको भयो । बुझ्नपर्ने खालको भयो, ’ उनले भने ।

अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा भएको क्रान्तिमा पूजीँपति वर्गहरुलाई पनि सहभागि गराएर क्रान्ति सम्पन्न भएको बताए । ‘बुझ्नुपर्ने चूरो कुरो यहाँ छ, कम्युनिष्ट पार्टीको नेतृत्व पनि छ, तर कम्युनिष्ट पार्टीको सहभागिताले मात्र यो सम्भव भएको होइन् । यहाँ पूँजीपतिहरुको पनि साथ लिएर, पूजीँपतिवर्गको राजनीतिक सहकर्मीहरुलाई पनि साथ लिएर यो क्रान्ति सम्पन्न भयो,’ उनले भने । ‘जनताको जनवादका आधारहरू’ पुस्तकले क्रान्तिका सबै विषयहरुलाई सहज ढंगबाट बुझ्न सहयोग गर्ने उनको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -