काठमाडौँ, ११ माघ २०७६ । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमितिको बैठक आगामी १३ गते बस्ने भएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सोमबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।








































