सिरहा, १० माघ २०७६ । सिरहाको कर्जनहामा आगोमा जलेर एक बालिकाको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा आगोमा जलेर १३ बर्षिय बालिकाको ज्यान गएको समाजबादी पार्टीको युवा नेता कुशेश्वर साहले जानकारी दिनुभयो ।
बिहिवार राती १ एक बजेको समयमा बिधुतको तार सर्ट भएर आगो लागेको प्रहरीको अनुमान गरेको छ । मृत्युु हुनेमा चुनचुन भनीने बर्ष १३ कि सोनालीको आगोमा जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आशा नायक की छोरी हुन ।
आशाको श्रीमान दुई बर्ष अगाडिदेखी आफ्नो पुरानो घर धनुषाको सबैला नगरपालिकामा बस्दै आएको स्थानीयहरुको भनाइ छ । आशाले आफ्नो श्रीमान संग दुई बर्ष अगाडि सम्बन्ध बिछेदको मुद्दा सिरहा जिल्ला अदालतबाट आशाले जितेका थिए । आशाको एक्लो छोरी लिएर श्रीमानसंग छुट्टै अलग भइ दुई बर्ष अगाडिदेखी सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तीपुरमा बस्दै आईकी छिन ।
आगलागीबाट घरमा रहेको आन्नपात, लत्ताकपडा नजलेको र मानवीय क्षति मात्र भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आमा र छोरी घरमा सुतिरहेको बेला अचानक बिधुतको तार सर्ट भएर आगलागी भएको थियो ।
आगलागीबाट छोरी सोनालीको ज्यान गएको र आमा सकुशल भएकी छिन् । आमालाई समान्य आगोले पोलेको र स्थानीय फुल कुमारी मेमोरियल अस्पतालमा उपचार भई रहेको छ |
बालिकाको शबलाई पोस्ट मार्टमको लागि लहान अस्पतालमा रहेको अस्पताल स्रोतले जनाएको छ ।









































