काठमाडौं, १० माघ २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनु भएको छ ।
उहाले आज शुक्रबार पदबाट राजीनामा दिएको पत्र राष्ट्रपति भण्डारीलाई बुझाउनु भएको हो । प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सल्लाह सुझाव दिनको लागी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो ।









































