Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४८:४१ बिहान
- ADVERTISEMENT -

कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु हुने

प्रकाशित मिति: २०७६ माघ ९, बिहीबार

1170
Shares

चितवन, ९ माघ २०७६ । चितवनको नारायणगढको नारायणी नदी किनारमा कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ ११ गतेदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय भएको छ ।

आगामी शनिबारदेखि सञ्चालन हुने महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार नै चितवन आउने कार्यक्रम तयार भएको छ । महोत्सवबारे जानकारी दिने उद्देश्यले बिहीबार महामहोत्सव स्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले महायज्ञको तयारीको काम ९५ प्रतिशत पूरा भएको जानकारी दिनुभयो ।

महायज्ञको नौ तले मण्डप निर्माणसँगै १०८ हवन कुण्डसमेत निर्माण भइसकेको र पण्डालहरु लगाउने काम केही बाँकी रहेको महाराजश्रीले बताउनु भयो । शुक्रबारसम्म महायज्ञको सम्पूर्ण तयारी पूरा हुने उनले जानकारी दिनु भयो । महायज्ञमा हवनका लागि नेपाल तथा भारतका विभिन्न तीर्थस्थलबाट १०८ पण्डितहरु महायज्ञस्थल आएका, १०८ तीर्थस्थलको जल ल्याइ पु¥याइएको प्रमुख वाचक महाराजश्रीले जानकारी दिनुभयो । महाराजश्रीकाअनुसार शनिबार बिहान ७ बजे विभिन्न संघसंस्थाको सहभागितामा कलयात्रासहितको ¥याली पश्चात ११ बजे महायज्ञको उद्घाटन हुनेछ ।

महायज्ञ अवधिभर विवाह गराइने उल्लेख गर्दै साधारण विवाहका लागि पाँच हजार १०० रुपैयाँ भए पनि हात्तीमा सवार गराएर विवाह गराएमा ११ हजार रुपैयाँ शुल्क बुझाए पुग्ने महाराजश्रीको भनाइ छ । महायज्ञ पूर्णरुपमा दर्ता भएर आयोजना गरिएको उल्लेख गर्दै महाराजश्री बाहिरी हल्लाको पछि नलाग्ने समेत आग्रह गरेका छन् । महायज्ञको आयोजक संस्था पशुपति मन्दिरले आन्तरिक राजस्व कार्यालयबाट अस्थायी पान नम्बर लिएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउँदै कोटिहोम महायज्ञ लगाएको समेत महाराजश्रीले स्पष्ट पार्नुभयो । कार्यक्रममा महायज्ञ मूल समिति संयोजक लालबहादुर दवाडीले महायज्ञका संकलन भएको हरेक हिसाब पारदर्शी हुने जानकारी दिनुभयो । महायज्ञबाट सङ्कलन भएको सम्पूर्ण रकम आयोजकले भनेकै काममा खर्च गरिने उल्लेख गर्दै पुण्यको काममा सहभागी हुन दवाडीले सबैलाई आग्रह गर्नु भयो ।

त्यसैगरी, कार्यक्रममा भरतपुर २३ जगतपुरमा रहेको पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् महायज्ञ मूल समिति सदस्य मनोज पुडासैनीले महायज्ञको आम्दानीबाट भरतपुरमै विभिन्न धार्मिक तथा सामाजिक काम हुने बताउनु भयो । उहाले महायज्ञको आम्दानीले जगतपुरको पशुपति मन्दिरलाई वृहत् धामको रुपमा विकास गरिने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गरिने, क्यान्सर रोडबाट पीडित विपन्न परिवारलाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षिक तथा सामाजिक काम गरिने बताउनु भयो ।

माघ ११ देखि फागुन ११ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् संगीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट् मासिक ज्ञान महायज्ञ २०७६’ मा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा हवनसहित कथा वाचन हुनेछ । नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै महायज्ञ मूल समितिका महासचिव एवम् प्रवक्ता दिलिप न्यौपानेले यस नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्‍याउने बताउनु भयो ।

उक्त महायज्ञ सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै महायज्ञका प्रवक्ता न्यौपानेले २५ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिने जानकारी दिनु भयो । महामहोत्सव अवलोकनका लागि देशव्यापी प्रचार प्रसारका कामहरु भइरहेका महायज्ञका संकल्पकर्ता धर्मपाल वशिष्ठ गुरुले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -