काठमाडौं, ८ माघ २०७६ । आज साताको चौंथो दिन बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार प्रति तोला ७५ हजार ३ निर्धारण गरेको छापावाला सुनको मूल्य बुधबार तोलामा ४ सयले घटेर ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज तेजावी सुनको मूल्य पनि घटेसँगै प्रति तोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेसँगै प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।








































