- ADVERTISEMENT -

सभामुखका लागि अग्नी सापकोटाको मात्र उम्मेदवारी

January 21, 2020
618
Shares
- ADVERTISEMENT -

काठमाडौं, ७ माघ २०७६ । प्रतिनिधिसभाको सभामुखका लागि अग्नी सापकोटाको मात्र उम्मेदवारी परेको छ ।

संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको हो ।

- ADVERTISEMENT -

Advertisement

एकजनाको मात्रै उम्मेदवारी परेसँगै अग्निप्रसाद सापकोटा निर्विरोध सभामुखमा चयन भएका छन् ।

सांसद सापकोटाले संसद सचिवालयले तोकेको समयभित्र मंगलबार संघीय संसद भवन नयाँबानेश्वरमा उम्मेदवारी दर्ता गराएका थिए ।

- ADVERTISEMENT -

Advertisement

सापकोटाको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रस्तावक तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ ।

सभामुख चयनको औपचारिक घोषणा भने यही माघ १२ गते अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकले गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -